सोमबार, जेठ ७
०७:२८

सहकारी बलियो बनाउन 'वाचडग' को भूमिका बलियो हुनुपर्छ: रजिष्ट्रार घिमिरे 

बुधबार, वैशाख २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी संस्थालाई सुशासित र मर्यादित बनाउन लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कमजोर लेखा सुपरिवेक्षण हुँदा सहकारीमा समस्या आउने बताउँदै उहाँले सहकारी बलियो बनाउन 'वाचडग' को भूमिका खेल्ने लेखा सुपरिवेक्षण समितिको भूमिका बलियो हुनुपर्ने धारणा राख्नुभयो । स्वनियमन र स्वायत्तताको सुन्दर अभ्यास सबल लेखा सुपरिवेक्षण समितिमार्फत गर्न सकिने भन्दै दरिलो आन्तरिक नियन्त्रण प्रणालीको आवश्यकतामा रजिष्ट्रार घिमिरले जोड दिनुभएको हो ।

नेफ्स्कूनको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो तथा अन्तिम दिन आज रजिष्ट्रार घिमिरेले लेखा सुपरिवेक्षण समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता, संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीमा समस्या आएको उल्लेख गर्नुभयो । केही बाह्य कारण भएपनि सहकारीमा आन्तरिक समस्या धेरै भएको उहाँले दाबी गर्नुभयो । सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उहाँको भनाइ थियो ।

नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी क्षेत्र  समाजवादउन्मुख अर्थतन्त्र निमार्णको लागि सशक्त आधारशिला भएको विषय संविधानले नै अंगिकार गरेको बताउनुभयो । यद्यपि, पछिल्लो समय सहकारीहरु मूल्य, मान्यता र सिद्धान्तबाट विचलित भएका कारण समस्या देखापरेको पनि बताउन उहाँले छुटाउनुभएन । सिद्धान्त, मूल्य, मान्यता र नीतिको परिपालना भए नभएको विषय पनि लेखा सुपरिवेक्षण समितिले हेर्नुपर्ने उहाँको सुझाव थियो । 

‘सहकारीमार्फत आर्थिक समृद्धिको प्रशस्त सम्भावना छ’ रजिष्ट्रार घिमिरले भन्नुभयो, ‘अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ । ९३ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४।८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ ।’  सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको उहाँको धारणा थियो ।

कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गिकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिवद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रुपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरुले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड थियो ।

उक्त सत्रका टिप्पणीकर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले सहकारी संस्थाको अनुगमनको क्रममा एउटै भएका केही गम्भीर विषयहरु सुनाउनुभएको थियो । उहाँले सहकारीको दर्ता तथा कार्यक्षेत्र अन्धाधुन्ध दिने कुरा रोकिनुपर्ने भन्दै गलत नियत राखेर स्थापना भएका सहकारी संस्थाहरुले राम्रा काम गर्ने सहकारी संस्थालाई समस्यामा पारेको दाबी गर्नुभयो । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उहाँको भनाइ थियो ।

त्यस्तै अधिकांश सहकारी संस्थाहरुको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘लेखा सुपरिवेक्षण समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ ।’

सात वर्ष पहिले ऐनमा भएको ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उहाँले बताउनुभयो । उक्त सत्रको अध्यक्षता राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नुभएको थियो ।

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।