सोमबार, जेठ ७
०७:४७

सहकारीमा आन्तरिक सुशासन चुनौतीको विषय: रजिष्ट्रार घिमिरे

मंगलबार, वैशाख २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छोड्ने बताउनुभयो । नेफस्कूनले आयोजना गरेको लेखा समितिको राष्ट्रिय गोष्ठीमा उहाँले अब सहकारीको नाममा बचत संकलन गरेर दुरुपयोग गर्नेलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको हो ।  ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उहाँले भने ।

सहकारीको प्रभावकारी नियमनका लागि बैशाख मसान्तभित्रै ऐन संशोधनको मस्यौदा सार्वजनिक गर्ने तयारी पनि उहाँले जानकारी गराउनुभयो । सहकारी ऐनमा भएको व्यवस्था ऋण असुली न्यायधिकरण, कर्जा सूचना केन्द्र र दोस्रो तहको नियमक निकाय गठनका लागि सरकार अगााडि बढेको सो अवसरमा उहाँले जानकारी गराउनुभयो । 

अहिले सहकारीमा प्रणालीगत समस्या र गैर प्रणाली समस्या रहेको बताउँदै उहाँले सहकारी ऐन र मूल्य मान्यतालाई अध्ययन गर्दा सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने उहाँको भनाई छ । ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि समस्या आयो भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उहाँले भन्नुभयो । सहकारीमा आर्थिक मन्दी, कोभिड १९ र ऋण असुलीका कारण समस्या आए पनि आन्तरिक सुशासन कायय हुन नसक्दा नै बढी समस्या आएको उहाँको ठोकुवा छ । उहाँले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने पनि बताउनुभयो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।