सोमबार, जेठ ७
०४:०५

सहकारीमा सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको अहम् भूमिका: नेफ्स्कून सीईओ

मंगलबार, वैशाख २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहने बताउनुभएको छ । आजबाट काठमाडौंमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी संस्थाको दिगो विकासको दिशामा लेखा सुपरिवेक्षण समितिको ध्यान केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । सबल लेखा सुपरिवेक्षण समिति हुँदा संस्था दिगो हुने उहाँको भनाइ थियो ।

लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन रु सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नु पर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने  लेखा समितिको मुल जिम्मेवारी रहेको बताउनुभयो । कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको सिईओ सापकोटाले उल्लेख गर्नुभयो ।

समुदाय केन्द्रीत कारोबार, आवधिक भन्दा नियमित बचतमा जोड दिने र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उहाँको भनाई थियो । ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले÷नमिलेको पनि हेर्ने आवश्यक रहेको प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । लेखा सुपरिवेक्षण समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने  रहेको बताउँदै उहाँले पटक पटक नीति बनेन भनेर मात्र टिप्पणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले हरेक सुझावलाई कार्यान्वयनमा लैजान पनि लाग्नुपर्ने बताउनुभयो ।

कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखा सुपरिवेक्षण समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताउनुभयो । संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा सुपरिवेक्षण समितिको दायित्व रहेको स्पष्ट पार्नुभयो ।  

ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको उहाँको भनाइ थियो । ‘लेखा सुपरिवेक्षण समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दुवाडीले भन्नुभयो । घाटामा गए पनि लाभांश बाढ्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा सुपरिवेक्षण समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो । कार्यक्रममा सहभागीहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उनीहरुले लेखा सुपरिवेक्षण समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहुँदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गर्नुभयो ।

लेखा सुपरिवेक्षण समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको धारणा उहाँले राख्नुभयो । उक्त सत्रको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले गर्दै यो सत्र उपलब्धिमूलक भएको बताउनुभयो । तालुकदार मन्त्रालयका सचिबाट सहकारीका समसामयिक विषयमा समेत धेरै कुरा स्पष्ट पार्नुभएका कारण पनि सहभागीले विषयगत जानकारीसँगै सहकारीका समसामयिक विषयमा पनि अद्यावधिक हुने मौका प्राप्त गरेको बस्नेतले बताउनुभयो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।