सोमबार, जेठ ७
०७:२८

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु 

मंगलबार, वैशाख २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको आयोजनामा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आज काठमाडौंमा सुरु भएको छ । गोष्ठीको आज एक कार्यक्रमाका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  बलराम अधिकारीले उद्घाटन गर्नुभएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, नेफ्स्कूनका पूर्व अध्यक्षहरु, नेफ्स्कूनको सिङ्गो सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेल संयोजकत्वको लेखा सुपरिवेक्षण समिति, डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह तथा देशभरबाट सहकारी बिशेषत लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिािथ मन्त्री अधिकारीले मुलुकको अथव्यवस्थामा सहकारीको भूमिका अन्यन्त महत्वपूर्ण हुने भन्दै पछिल्लो समय देखिएको संकट समाधानमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीको आन्तरिक सुशासनका लागि लेखा सुपरिवेक्षण समितिको भूमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै यो गोष्ठीले समितिको क्षमता अभिवृद्धिमा सहयोग गर्ने धारणा राख्नुभयो ।

सहकारीको सिद्धान्त यसको जग भएको बताउँदै मन्त्री अधिकारीले सिद्धान्तबाट बाहिर गएका कारण सहकारीमा समस्या आएपनि यसलाई व्यवस्थित बनाउन सरकार लागि परेको जानकारी गराउनुभयो । सहकारीहरुलाई नीतिगत तथा कानूनी सहजताको बातावरण बनाउन सरकारले तदारुकताका साथ काम गरिरहेको भन्दै बिस्तारै परिणामहरु देखा पर्दै जाने जानकारी गराउनुभयो । मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताउनुभयो । 

मन्त्री अधिकारीले  मूल्य मान्यता विपरित काम गर्ने र सदस्यहरुको बचत दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उहाँले भन्नुभयो ।

लेखा सुपरिवेक्षण समितिमा पनि आफ्नो भूमिका र दायित्वप्रति जिम्मेवारीबोध, सहकारी संस्था सञ्चालन प्रक्रिया, यसको सिद्धान्त, आदिबारे चेत हुनुपर्ने उहाँले बताउनुभयो । समस्या समाधानका लागि आन्तरिक रुपमा अहिलेदेखि नै लाग्न मन्त्री अधिकारीले लेखा सुपरिवेक्षण समितिको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा सहकारी भएपनि पछिल्लो समय समस्यामा आएको बताउनुभयो । 

‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गर्ने बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।  सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने सचिव दुवाडीको भनाइ छ । उहाँले विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने सुझाव राख्नुभयो ।

‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्’, सचिव दुवाडीले भन्नुभयो ।
यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गर्ने बताउनुभयो । उहाँले सहकारीको प्रभावकारी नियमनका लागि  बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताउनुभयो । 

उहाँले यस्ता कार्यक्रमले सहकारीको वर्तमान समस्या समाधानमा भूमिका खेल्ने उहाँको  भनाइ छ । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उहाँले भन्नुभयो । अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । 

‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उहाँले भन्नुभयो । त्यसैगरी राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि समस्या सिर्जना भएको बताउनुभयो । उहाँले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारीप्रति अपनत्व महसुस गर्नु पर्ने धारणा राख्नुभयो । पछिल्लो समय नीतिगत सहजताका लागि सरकार र मन्त्रालयको धेरे ठूलो सहयोग रहेको भन्दै अब बिस्तारै परिणामहरु आउने अध्यक्ष मल्ले जानकारी गराउनुभयो । सहकारीहरुले पनि सुशासनलाई बिशेष ख्याल राख्नुपर्ने भन्दै संस्थालाई सही ढंगमा हिडाउन लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुनेभएकाले यो गोष्ठीको सिकाई एकदमै महत्वपूर्ण हुने अध्यक्ष मल्ले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि अभियान एक ढिक्का भएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो । अभियानलाई सुशासित, मर्यादित र सदस्यको विश्वासको संस्था बनाउन आरोपप्रत्यारोप नगरी सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

गोष्ठीमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यो वर्ष सहकारी अभियानका लागि सुखद् वर्षका रुपमा चिनाउन अभियान र सरकार मिलेर काम गरिरहेको अध्यक्ष ढकालले जानकारी गराउनुभयो । आजको गोष्ठीमा नेफ्स्कूनका सबै पूर्व अध्यक्षहरुसँगै अभियानका सबै अग्रजहरु, सरकारका मन्त्री, सचिव, रजिष्ट्रार, सहकारी महाशाखा प्रमुख, ओकू तथा अकू लगायत देशभरीबाट प्रतिनिधिहरु सहभागी भएकोले एकढिक्का भएको सन्देश प्रवाह गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गर्नुभयो । 

‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ’, नेफ्स्कूनका प्रबक्ता समेत रहेका बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो ।  अहिले सहकारी क्षेत्रले समस्या भोगिरहेको बताउँदै यो अवस्थामा सबैले हातेमालो गरेर जुझारुपनका साथ अगाडि बढ्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । सीप सिकाइलाई खर्चको रुपमा लिन नहुने पनि उहाँको भनाइ थियो ।
गोष्ठीको उद्घाटन सत्रको सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।