शनिबार, जेठ ५
०९:४६

जिल्ला बचत संघ मोरङको आयोजनामा अध्यक्ष सचिव गोष्ठी सम्पन्न 

आईतबार, वैशाख २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

उर्लाबारी । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.मोरङको आयोजनामा २०८१ बैशाख २२ गते शनिबार उर्लाबारी मोरङमा २०औं अध्यक्ष सचिव गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बचत सङ्घका सचिव जीवन बस्नेतले सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन र प्रदेश सहकारी रजिष्ट्र तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले सहकारीमा जोखिम अवस्था विश्लेषण तथा जोखिममा आधारित अनुगमन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी महासङ्घ लि. नेपालका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथि रहनु भएको गोष्ठीमा पूर्व सांसद घनश्याम खतिवडा, बचत तथा ऋण सहकारी सङ्घ लि झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी सङ्घ लि। मोरङकी उपाध्यक्ष पार्वती बराल, लगायत सङ्घका सल्लाहकारहरु, सदस्य संस्थाका प्रतिनिधिहरु, उपसमिति सदस्यहरु,पत्रकार, नेफ्स्कून फिल्ड कार्यालयका प्रमुखहरु, सहकारी कर्मचारी सङ्गठनका अध्यक्षहरु गरी २ सय ८३ जनाको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सङ्घको संक्षिप्त परिचय प्रस्तुति गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सीता लामिछानेले गर्नुभएको थियो । गोष्ठी सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षता र सहसचिव युवराज दाहालको सञ्चालनमा सम्पन्न भएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।