शनिबार, जेठ ५
११:४१

२०८१ साल सहकारी अभियानका लागि सुखद सावित हुन्छः नेफ्स्कून अध्यक्ष

शनिबार, वैशाख २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले २०८१ साल नेपालको सहकारी अभियानका लागि सुखद वर्ष सावित हुने दाबी गर्नुभएको छ । नयाँ वर्षको सुरुवाती चरणमा रहेको र अघिल्ला बर्षमा भएका बहसपैरवीहरुले अब सकारात्मक परिणाम दिदैं जाने भन्दै उहाँले अभियानलाई आश्वस्त तुल्याउनुभएको हो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २०औं स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारीमा देखिएका पछिल्ला चुनौती तथा समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष ढकालले उक्त कुरा बताउनुभएको हो । 

बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कून अध्यक्ष ढकालले सहकारी अभियानमा देखिएका समस्या बिस्तारै तैरिदै जाने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘अब छिट्टै नै ऋण असुली न्यायाधिकरण गठन हुनेछ भने सहकारी अभियानका अन्य इस्यूहरु पनि बिस्तारै समाधानउन्मुख हुनेछन् । कार्यान्वयन हुनेछन् । सरकारसँगको सघन बहसपैरवी र त्यसमाथि भएका पछिल्ला छलफलहरु सकारात्मक छन् ।’

केही समस्याग्रस्त सहकारीहरुलाई सहजीकरण गरी पुन संचालनको बातावरण बनाउन सबै लाग्नुपर्ने विचार उहाँले राख्नुभयो । अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंक ऐन संशोधनले सहकारीको अनुगमन तथा सुपरिवेक्षणका लागि बाटो खुल्ला भएको कुरा बताउनुभयो । समस्या संगै समाधान पनि हुने भएकोले सकारात्मक सोचबाट छलफल तथा अन्तरक्रिया गरी निचोडमा पुग्ने उहाँको भनाइ थियो ।

जिल्लाभित्रका सदस्य सहकारीहरुसँगै अभियानका राष्ट्रिय मुद्दाहरुको बहसपैरवीदेखि शिक्षा, तालिमहरुमार्फत क्षमता अभिवृद्धिका काममा भक्तपुर जिल्ला बचत संघको अग्रणी भूमिकाको पनि नेफ्स्कून अध्यक्ष ढकालले प्रशंसा गर्नुभयो ।

संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले स्थापना दिवसमा संघको सबल, कमजोरी, चुनौती र अवसरको समीक्षा तथा विश्लेषण गर्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्लामा तुलनात्मक रुपमा अरु जिल्ला भन्दा कम मात्र सहकारी समस्या देखिन्नु, सहकारी ऐनमा संशोधनको प्रस्तावित व्यक्तिगत बचत २५ लाख सिमालाई हटाउन, तरलता बाणिज्य बैंकमा मात्र रहने व्यवस्थालाई हटाउन, मालपोतमा रोक्का दस्तुर हटाउन यस संघसमेतको सहभागितामा सफल भएको उहाँले चर्चा गर्नुभयो । 

संघमा आबद्ध नभएका केही सहकारीहरुमा समस्या पर्नु, सहकारीका समस्या समाधानका नेपाल राष्ट्र बैंकले अंकुश लगाउने बातावरणको सिर्जना हुनु राम्रो पक्ष नभएको उहाँको भनाइ थियो । हालको चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने, NFRS को पालना लगाएतको नियम कानुनको पालना गर्नुपर्ने विचार राख्नुभयो ।

संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले समय सापेक्ष विषयमा अन्तरक्रिया कार्यक्रम सहित स्थापना दिवस मनाएकोमा खुशी व्यक्त गर्दै अहिले ऋण लगानी गर्दा पनि समस्या ऋण लगानी नहुँदा पनि समस्या देखिएकोले यसले संस्था संचालनमा जटिलता थपेको बताउनुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै सहकारीमा वित्तीय क्षेत्रले मात्र बढी प्राथमिकता पाउँदा सहकारीका अवधारण र सिद्धान्तको बुझाइमा कमजोर रहेको विचार व्यक्त गर्नुभयो । 

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारीमा शुसानको पालना नहुदाँ पछिल्ला समस्याहरु देखिएता पनि शुसासन पालना गराउने निकायले कार्वाहीमा तदारुकता नदेखाउँदा समस्या बढ्दै गएको कुरा बताउनुभयो । सदस्य संस्थाहरुसंग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । 

बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले सहकारीमा देखिएका पछिल्ला चुनौती र समाधानका उपायहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुदैं हालको परिस्थितिमा संस्थाले नाफालाई जोड नदिई सदस्य माझमा समस्याको निकास खोज्नुपर्ने बताउनुभयो ।

बचत संघ तत्कालीन डिभिजन सहकारी कार्यालय भक्तपुरमा २०६२ साल बैशाख २१ गते दर्ता भइ सञ्चालनमा आएको हो । आजको कार्यक्रममा संघका सदस्य संस्थाहरुबाट १७३ जनाको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८ बमोजिम जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि., सू.न.पा. १, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.,चा.न.पा ९, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २ व्यासी, सुर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., सू.न.पा ६ र मध्यपुरथिमी नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ८ लाई पुरस्कृत गरियो । साथै ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. भ.न.पा. ९,च्याम्हासिंह, कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.भ.न.पा १०, कमलविनायक, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २, व्यासीलाई पुरस्कार तथा सम्मान समेत वितरण गरेको थियो । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।