शनिबार, जेठ ५
०९:५२

जिल्ला बचत संघ मोरङले वैशाख २२ गते अध्यक्ष–सचिव गोष्ठी गर्ने

बिहीबार, वैशाख २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

उर्लाबारी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले अध्यक्ष–सचिव गोष्ठी आयोजना गर्ने भएको छ । संघले जिल्लाभरका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिवलाई सहभागी गराई उक्त गोष्ठी गर्न लागेको हो । 

वैशाख २२ गते शनिबार उर्लाबारीमा हुने २०औं गोष्ठीमा जिल्लाभरिका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिव गरी तीन सय जनाको सहभागिता रहने संघले जनाएको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा हुने गोष्ठीमा २ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन विषयमा संघका सचिव जीवन बस्नेत र जोखिममा आधारित अनुगमन र जोखिम अवस्था विश्लेषण विषयमा कोशी प्रदेश सहकारी विभागका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । 

संघले २०६० सालदेखि हरेक वर्ष सहकारी सम्बन्धि विविध विषयका गोष्ठीहरु सञ्चालन गरी आफ्ना सदस्य संस्थाहरुको प्रवर्धन र विकासमा टेवा पुर्याउँदै आएको संघका सचिव जीवन बस्नेतले बताउनुभयो । 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।