शनिबार, जेठ ५
०९:०९

नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  

बुधबार, वैशाख १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आयोजना एवं एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा लीडरशीप बुटक्याम्प सुरु भएको छ । जोन सी म्याक्सवेलको ११ वटा लिडरसिफ्ट मोड्युलमा आधारित नेतृत्व विकाससम्बन्धी उच्चस्तरीय ३ दिने तालिम हिजोबाट धुलिखेलमा सुरु भएको हो । तालिममा नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनको सहभागिता  छ ।

उद्घाटन सत्रका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले नेफ्स्कूनको नेतृत्व भनेको सहकारी अभियानको क्षणिक उपस्थिती नभइ सहकारी अभियानमा समर्पित व्यक्तित्वहरुको संगम भएको बताउनुभयो । उहाँले यही नेतृत्वले छविमा उत्पन्न विद्यमान जोखिमबाट बचाउन स्वःनियमन र सुशासनलाई संघमार्फत प्रत्येक बचत तथा ऋण सहकारीमा पुर्याउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूनले जे सकरात्मक छाप छोडेको छ त्यसलाई निरन्तरता दिने र यस तालिमले आगामी दिनमा फरक तरिकाले अभियानले अनुभूति हुने गरि कार्य गर्न थप उर्जा मिल्ने बताउनुभयो ।

उद्घाटनमा अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यानरोकेले भन्नुभयो, ‘अकूको अनुभवमा नेपालको बचत तथा ऋण सहकारी अभियान नेफ्स्कून consolidated stage (संघलाई सुपरिवेक्षकीय एवं नियमन अधिकार दिँदै उत्तरदायी बनाउने चरण) मा आइपुगेको छ । यदि तपाई परिवर्तनशलि संसारमा सफल हुने अपेक्षा राख्नुहुन्छ भने हिजो जस्तै रहन, सोच्न र कार्य गर्न छुट छैन । नेतृत्व मूल्यमा आधारित हुनुपर्दछ । नेतृत्वले सबैलाई खुशी पार्ने कुरामा होइन, सत्य र तथ्यमा आधारित भएर चुनौती स्वीकार गर्नुपर्छ ।’

संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्यका क्रममा भन्नुभयो, ‘सुशासन भनेको भाषण र उपदेश दिने विषय नभई यो त आफूभित्रै सुधार ल्याउने र आफ्नै व्यवहारमा देखिने गरि आचरण र संस्कार विकास गर्ने विषयको अनुभूति हो । सदस्यको धनको व्यालेन्ससिट मात्र नभई आचरण, संस्कार, मूल्य मान्यता र मनको व्यालेन्स सिट बनाउन पनि सिकाउनुपर्नेरहेछ ।’

उदघाटन सत्र संघका महासचिव घनश्याम अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।