शनिबार, जेठ ५
०८:४५

सामाजिक न्याय स्थापनामा सहकारीको भूमिका महत्वपूर्णः महासंघ अध्यक्ष मल्ल

सोमबार, वैशाख १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीले आर्थिक उन्नतिका साथै सामाजिक न्याय स्थापना गर्न टेवा पुर्याउँदै आएको दाबी गर्नुभएको छ । उहाँले विश्वमा देखापरेको आर्थिक मन्दीका समयमा समेत सहकारी मोडल अपनाएका राष्ट्रहरूमा अर्थतन्त्र चलायमान भएको अध्ययनहरूले देखाएको बताउनुभयो ।

जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा त्यहाँको कृषि मन्त्रालयको संयुक्त आयोजनामा आइतबारबाट डेड सी मा सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै महासंघकी अध्यक्ष मल्लले सहकारीले सबै क्षेत्र र तहका मानिसहरुलाई आबद्ध गराइ आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो । 

उहाँले नेपालको संविधानले सहकारीमार्फत समाजवादमा पुग्ने लक्ष्य लिएको जानकारी गराउँदै  नेपालको संविधानले सहकारीलाई दिएको महत्वका विषय पनि कार्यपत्रमा अटाउनुभएको थियो । अध्यक्ष मल्लले सहकारीले लघु तथा साना उद्यममार्फत सदस्यहरूमा दिगो रोजगारीको अवसर सिर्जना गरेको दाबी गर्नुभयो ।

उहाँले सशस्त्र द्वन्द्वका समयमा समेत सहकारीले ग्रामीण क्षेत्रमा पूँजी संकलन र परिचालन गरी सदस्यहरुमा वित्तीय पहुँच पुर्याएको जनाउनुभयो । सहकारी सदस्य केन्द्रित व्यवसाय भएको र उनीहरूले नै सबै कुराको निर्णय गर्नसक्ने भन्दै सदस्यहरुबीचको सहकार्य नै यसको शक्ति भएको मल्लले बताउनुभयो ।

अर्थतन्त्रको तीनमध्ये एउटा खम्बाको रूपमा सहकारीलाइ लिइएको र समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न राज्यका तर्फबाट नीतिगत तथा व्यावहारिक सहयोग प्राप्त भएको उहाँको भनाइ थियो ।

जोर्डनमा २८ देखि ३० अप्रिलसम्म हुने अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिक (आइसीए-एपी) को मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सचिव गोकर्णमणी दुवाडी, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा मन्त्रालयका सह-सचिव कृष्ण प्रसाद सापकोटा सहभागी हुनुहुन्छ ।

सम्मेलनको समयमा आइसीए एपीको बोर्ड बैठक समेत भएको छ । आइसीए एपीका संचालक एवम् महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल भने भर्चुअल रुपमा बैठकमा सहभागी हुनुभएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।