शनिबार, जेठ ५
०९:५२

नव विकास साकोसको आयोजनामा निःशुल्क कान स्वास्थ्य शिविर, २८४ जना लाभान्वित

आईतबार, वैशाख १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रौतहट । चन्द्रपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा ईम्प्याक्ट नेपालको प्राविधिक सहयोग र  राम रेवती प्रतिष्टान तथा हिमालय औषधि पसलको औषधि सहयोगमा १ दिने  निः शुल्क कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।  शनिबार आयोजित शिविरमा २८४ जनाले सेवा लिनुभएको थियो । 

संस्थाका अध्यक्ष देव बहादुर सापकोटाको अध्यक्षता तथा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष विभु पोखरेलको प्रमुख आतिथ्यतामा, राम रेवती प्रतिष्ठान का अध्यक्ष डा. शालिग्राम शर्मा पौडेल एवम विभित्र संस्था का अध्यक्ष एवम प्रतिनिधिहरुको आतिथ्यतामा सञ्चालित उद्घाटन सत्र संस्थाका सचिव राजेन्द्र तिवारीले संचालन गर्नु भएको थियो ।  

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।