आईतबार, वैशाख २३
०६:१५

मध्य नेपाल साकोसको २६औं वार्षिकोत्सव सम्पन्न

आईतबार, वैशाख ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी (ब.सु.पूर्व) । देवचुली-१४ प्रगतिनगर मुख्य कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि को २६ औँ बार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष  तुलमणी पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा दलदलेमा  सम्पन्न भएको छ ।

हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले  २०७२ सालको भुकम्प र कोभिड १९ को समयमा पनि सहकारीप्रति सदस्यहरुको भरोसा नटुटेको तर २०८० साल नेपालमा सहकारीका लागि  निकै कष्टकर भएको बताउनु भयो । कठिन परिस्थितिका बाबजूद सही अर्थमा समुदायमा आधारित र सदस्य केन्द्रीत सहकारीहरुले सदस्यहरुको विश्वास जितेको दाबी उहाँले गर्नुभयो ।

केही सहकारी जस्ता देखिने सहकारीहरुका कारण साँचो अर्थमा मूल्य, मान्यता र सिद्धान्तमा चल्ने सहकारीहरुलाई पनि समस्या परेको बताउँदै अध्यक्ष ढकालले परिस्थितिलाई अनुकूल बनाउन सहकारीहरुले सदस्यहरुमा गएर निरन्तर कामले प्रमाणित गरेको उल्लेख गर्नुभयो । 


         

कार्यक्रममा सेवा केन्द्र संयोजक धनेस्वरी ढकाल, रेशमलाल चापागाई, प्रगतिनगर साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष रुमाकला काफ्ले, संस्थाका सल्लाहकार कृष्ण प्रसाद गौतम, सल्लाहकार मानसिङ खत्री, जिल्ला बचत तथा ऋण सहकारी संघ लि नवलपुरका सह सचिब नारायण प्रसाद पौडेल र संस्थाका सल्लाहकार , देबचुली नगरपालिकाका प्रवक्ता एवम् वडा न ११ का वडा अध्यक्ष तिल प्रसाद काफ्लेले संस्थाको सफलताको कामना गर्नुभएको थियो ।

 प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले संस्थाको वित्तीय अवस्था र संस्थागत परिचय राख्नु भएको थियो । कार्यक्रममा संस्थाका निबर्तमान संचालक समिति, निबर्तमान लेखा सुपरिवेक्षण समिति र निबर्तमान सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रमको समापनमा अध्यक्ष तुलमणी पौडेलले स्थापना कालदेखि हाल सम्म योगदान गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नु भएको थियो । कार्यक्रम सहजीकरण सचिव डिलाराम पाण्डेले गर्नु भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।