शुक्रबार, वैशाख २१
११:२९

नेपालमा छुट्टै वित्तीय सहकारी ऐन अन्यन्त आवश्यकः डीएसआइके 

बिहीबार, वैशाख ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जर्मन बचत बैंकहरुको केन्द्रीय सञ्जाल (डीएसआइके) ले नेपालमा बचत ऋण सहकारीहरुका लागि छुट्टै वित्तीय सहकारी ऐन अत्यन्त आवश्यक भएको जनाएको छ । यसका लागि सम्वद्ध सबै सरोकारवालाहरुसँगको बहसपैरवीलाई थप बलियो बनाउन डीएसआइकेले नेफ्स्कूनलाई सुझाएको छ । त्यसमा नीतिगत सहजताको अनुकूल वातावरण निर्माणमा सहयोग रहने पनि उसले जनाएको छ ।

नेपाल साकोस अभियानका  विषयमा नेपाल राष्ट्र बैंक, सहकारी विभाग लगायतका सरोकारवाला निकायहरुसँग छलफलका लागि काठमाडौं आएको डीएसआइके टोलीले आज आयोजित भ्रमणको समीक्षा कार्यक्रममा नेपालको वित्तीय सहकारीहरुको प्रणालीलाई थप व्यवस्थित, सुशासित र सुरक्षित बनाउन वित्तीय सहकारी ऐनको आवश्यकता बोध भएको जनाएको हो । नेफ्स्कून डीएसआइके द्धिपक्षीय सम्झौता अनुरुप साकोस अभियानका समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्न टोली काठमाडौं आएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता एवम् राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जर्मन टोलीका तर्फबाट राइनल्याण्ड सेभिङ्ज बैंक एशोसिएसन (आरएसजीभी) का कुनोले सरोकारवालाहरुको छलफल, अघिल्ला भ्रमणहरुको निष्कर्ष, प्रारम्भिक संस्थाहरुको चाहना आदि सबैको निचोड वित्तीय सहकारी ऐन अत्यन्तै आवश्यक हो भन्ने रहेको बताउनुभएको हो । उहाँले डीएसआइके बारे प्रस्तुतीकरणसँगै नेफ्स्कूनले अबका दिशामा अघि बढाउनुपर्ने पहलकद्मीबारे पनि सुझावहरु राख्नुभएको थियो । नेफ्स्कून सही दिशामा हिडिरहेको भन्दै संघका गुणस्तर सुनिश्चितताका कार्यक्रहरुको पनि उहाँले प्रशंसा गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालकहरु गोपाल प्रसाद गौतम, देवकुमार श्रेष्ठसँगै संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह सहभागी रहेको थियो । त्यस्तै, सहकारी विभागका शाखा अधिकृत निरोज घिमिरे पनि उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा महासंघकी अध्यक्ष मल्लले नेफ्स्कूनको सवलताको चर्चा गर्दै पछिल्लो सम्झौता समग्र सहकारी अभियानको सक्षमता विकासमा दिशामा लाभदायक सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय सहकारी महासंघसँगै विश्व ऋण परिषद् र एशियाली ऋण महासंघसँग आवद्ध नेफ्स्कूनको राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान निक्कै बलियो रहेको बताउँदै संघ र डीएसआइकेबीचको सम्झौता पनि परिणाममुखी हुने दाबी गर्नुभयो ।

उक्त अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकालले नेफ्स्कून डीएसआइके द्धिपक्षीय सम्झौताको आशयलाई अक्षरश पालना गरी सदस्यहरुको हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सम्झौता अनुरुप नतिजा आउने गरी काम गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसका लागि डीएसआइकेप्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो । नेफ्स्कून र डीएसआइकेबीचको ३ वर्षे सम्झौता कार्यक्रममार्फत नेपालको साकोस अभियानको सक्षमता अभिवृद्धिसँगै यसका समसामयिक विषयहरुको सघन बहसपैरवीमा उल्लेख्य सहयोग पुग्ने विश्वास नेफ्स्कून तथा डिएसआईकेले लिएका छन् ।


 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले डीएसआइकेको पछिल्लो नेपाल भ्रमणका क्रममा सरोकारवालाहरुसँगको छलफलको विषय जोड्दै संघको सञ्चालक समितिलाई सम्झौतका विविध विषयमा स्पष्ट पार्नुभएको थियो ।

नेफ्स्कून र डीएसआइकेबीचको सम्झौतामा संघको सञ्जालमा आबद्ध साकोसहरुलाई वित्तीय साक्षरता, वित्तीय समावेशिता,हरित वित्त, जलवायु वित्त, लघुकर्जा, प्रविधिकरण, उद्यमशिलता, लगायत थुप्रै विषयमा डिएसआईकेले प्राविधिक सहजीकरण उपलब्ध गराउने  विषय उल्लेख छ । 

 

 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।