शुक्रबार, वैशाख २१
०७:०४

सदस्यहरुको ब्यालेन्स सिट वृद्धि हाम्रो लक्ष्यः चन्द्रागिरि साकोस

बिहीबार, वैशाख ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुको ब्यालेन्स सिट वृद्धि आफ्नो लक्ष्य भएको जनाएको छ । स्थापनाको २३औं वसन्त पार गरी २४ वर्ष प्रवेश गरेको साकोसले सदस्यहरुको आर्थिक सवलीकरण र सशक्तिकरणको पाटो प्राथमिकतामा रहेको स्पष्ट पारेको हो । निर्णय प्रक्रियामा सदस्यहरुको सक्रिय, व्यापक र सिर्जनात्मक सहभागिता, मागमा आधारित विविध सेवाहरुमार्फत आर्थिक सवलीकरणमा विशेष जोड दिएको चन्द्रागिरि साकोसले जनाएको हो । वित्तीय कल्याणका प्रभावकारी एवम् समय सान्दर्भिक कार्यक्रमहरुमार्फत सदस्यहरुको जीवनयापनलाई सहज बनाउने र बचतसँगै सदस्यको खुसी र समृद्धि वृद्धिको लक्ष्य उसले अघि सारेको छ ।

थानकोटस्थित चन्द्रागिरि साकोसले आफ्नो २३औं स्थापना दिवसको अवसरमा आज एक प्रतिवद्धता जारी गर्दै  सहकारी क्षेत्रको छवि धुमिल हुँदै गइरहेको अवस्थामा पनि सदस्य सेवा, गुणस्तरीय सेवा र पूर्ण व्यावसायिकताका कारण साकोसले उत्कृष्टता हासिल गरेको दाबी गरेको हो । साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरद्वारा हस्ताक्षरित प्रतिवद्धता पत्रमा भनिएको छ–‘आफ्नो सवल वित्तीय अवस्था, गुणस्तरीय सेवा र सदस्य सुविधाका विभिन्न कार्यक्रमहरुद्वारा यस संस्थाले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।’

साकोसको सदस्या वृद्धि, बचत वृद्धि, न्यून ब्याजदरमा ऋण लगानी, निरन्तर सदस्य शिक्षा र विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुको सफलताहरु निर्माण गर्दै अगाडि बढेको भन्दै यी गतिविधिहरुले संस्थागत सक्रियता र सदस्य केन्द्रीयता पुष्टि गरेको उसले जनाएको छ । सदस्यको विश्वासको बलमा बलियो जग निर्माण गरेको साकोसले सहकारी ऐन कानून, निर्देशन, मापदण्ड परिपालना गर्दै सुशासनका विषयमा कुनै सम्झौता नगर्ने पनि प्रतिवद्धता व्यक्त गरेको छ ।

२५ जना स्थानीय युवाहरुबाट २५ हजार पुँजी संकलन गरी स्थापना भएको चन्द्रागिरि साकोसले हाल २० हजार ३ सय बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । साकासेले हाल साढे ३ अर्ब बढी रकम परिचालनमार्फत सदस्यहरुको वित्तीय आवश्यकता सम्बोधन गर्दै आएको छ ।

समुदायमा आधारित सदस्य केन्द्रीत चन्द्रागिरि साकोसले यो अनवरत यात्राका दौरान साथ सहयोग सुझाव र मार्गर्दशन गर्ने सदस्य एवम् सबै सरोकारवालाहरुमा कृतज्ञता समेत व्यक्त गरेको छ । 

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।