शुक्रबार, वैशाख २१
०७:०८

छुट शुल्कमा सहभागिता दर्ताको समयावधि थप

आईतबार, वैशाख २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले यही बैशाख २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा शुल्क छुटसहित सहभागिताको नाम दर्ता गर्ने समयावधि थप गरेको छ । संघले आज एक सूचना जारी गरी उक्त गोष्ठीका लागि अब २०८१ बैशाख १० गतेसम्म छुट रकममा नाम दर्ता गर्न सकिने जनाएको छ । यसअघि, शुल्क छुटसहित सहभागी हुने समयावधि २०८० चैत मसान्तसम्म कायम गरिएको थियो ।

नेफ्स्कूनले गोष्ठीमा सहभागी भई देशैभरिका सहकारीहरु लाभान्वित हुन सकून भन्ने उद्देश्यका साथ महिला तथा दुर्गम क्षेत्रका सहभागी संघ संस्थाहरुका लागि १४,५०० (मूल्य अभिवृद्धि करसमेत) कायम गरेको छ । उक्त मिति पछि बैशाख १५ गतेसम्म नाम दर्ता गर्ने महिला र दुर्गम क्षेत्रका सदस्य संघ संस्थाहरुको लागि १५,५०० (मूल्य अभिवृद्धि करसमेत) कायम गरिएको छ ।

यस्तै, बैशाख १० गतेसम्म नाम दर्ता गराउने सदस्य संघ संस्थाहरुका लागि १५,५०० (मूल्य अभिवृद्धि करसमेत) तय गरेको छ । उक्त समयपछि नाम दर्ता गराउने सदस्य संघ संस्थाहरुको हकमा भने १६,५०० (मूल्य अभिवृद्धि करसमेत) कायम गरिएको छ । संघको सदस्य नभएका संघ संस्थाहरुका लागि भने १७,५०० (मूल्य अभिवृद्धि करसमेत)  कायम गरिएको छ । गोष्ठीमा सहभागिताको लागि नाम दर्ता गर्ने अन्तिम मिति २०८१ बैशाख १५ गतेसम्म राखिएको संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

संघले सदस्य संघ संस्थाहरुको लेखा सुपरीवेक्षण समितिको क्षमता विकास एवम् सशक्तिकरणको लागि संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरीवेक्षण समिति भन्ने मूल मर्मका साथ लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको हो । गोष्ठीमा राष्ट्रिय अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम छ ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।