शुक्रबार, वैशाख २१
०५:१९

रौतहट बचत संघको २८औं स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम

आईतबार, वैशाख २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 चन्द्रनिगाहपुर ,रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघ लि को २८औं स्थापना दिवस तथा नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम बैशाख १ गते चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सदस्य शोभा राउत हुनुहुन्थ्यो भने अतिथिहरुमा चन्द्रपुर नगर सहकारी शाखा प्रमुख नसरे आलम, संघका सल्लाहकारहरु खड्ग बम्जन, देबकी नेपाल, ठाकुर प्रसाद उपाध्याय, गुन्जन सूचना तथा संचार सहकारीका स्टेसन म्यानेजर सन्जय कार्की, संघका लेखा संयोजक जितेन्द्र चौधरी लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा जिल्ला बचत संघका सचिव बसन्त आचार्यले स्वागत गर्नु भएको थियो भने सन्चालन महासचिव देब बहादुर सापकोटाले गर्नु भएको थियो । बक्ताहरुले सुशासन, सदस्य केन्द्रित कार्यक्रम, सहकारीको मर्म अनुसार सहकारी सन्चालन, अग्रजको सम्मान, सदस्य केन्द्रियतामा ध्यान आदि विषयहरुमा धारणा र रचनात्मक सुझावहरु राख्नुभएको थियो ।

कार्यक्रममा सृष्टि साकोस, चण्डेश्वरी साकोस, सामुदायिक बिकास साकोस, जिबिकोपार्जन साकोसका अध्यक्षहरुले नेफ्स्कूनद्वारा सन्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध हुने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा ५० भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।  

कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष राम बिश्वास पासवानले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य शोभा राउतलाई बधाईसहित कार्यकाल सफलताको शुभकामनासहित मायाको चिनो प्रदान गरिएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।