शनिबार, जेठ ५
०९:५२

नेपालमा पहिलो पटक 'साकोसमा उच्चस्तरको सुशासन (CULEG) तालिम' सम्पन्न

बिहीबार, चैत्र २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एसिया स्तरको सुशासन परीक्षण एवं प्रमाणीकरणको लागि नेपालमै पहिलो पटक एसियाली ऋण महासंघ (अकू) ले विकास गरेको निर्देशिकामा आधारित साकोसमा उच्च स्तरको सुशासन CULEG तालिम काठमाडौंमा चैत्र २७ सुरु भई आज सम्पन्न भएको छ ।

विश्व ऋण परिषद्ले बचत तथा ऋण सहकारीको लागि प्रतिपादन गरेका चार सिद्धान्तमध्ये सुशासन सिद्धान्तका १० आयाम र सन्जाल सहकार्यका क्षेत्रबाट स्तर मापन गरिने उक्त तालिममा सहभागीहरुले आफ्नो संस्थाको सुशासन स्तर समेत परीक्षण गर्नुभएको थियो ।

एसियाली ऋण महासंघले विभिन्न क्षेत्रका १ सय २० सूचकको आधारमा स्तर परीक्षण गरी प्राप्त अंकको आधारमा चार तह (कास्य, रजत, स्वर्ण र हिरक) को प्रमाणपत्र प्रदान गर्दछ । सन् २०१३ मा इण्डोनेसियाको सावान सिवारुङ क्रेडिट युनियनले यसको परीक्षण गराइ ब्राण्ड समेत प्राप्त गरेको छ । 

समापन कार्यक्रममा नेफ्स्कून सञ्चालक शुसिल कुमार बस्न्यातले सहकारीहरुमा हालको समस्या देखा पर्नुमा मुख्य कारण सुशासनमा नचल्नु भएको हुँदा भविष्यमा पनि यस्ता चुनौतीहरु सामना गर्न सुशासनमा चल्नुको विकल्प नभएको भन्दै त्यसका निमित्त नेफ्स्कूनले निरन्तर तालिम शिक्षाका कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले CULEG को सूचकहरु बारे जानकारी दिदैं अब नेपालका साकोसहरु पनि सुशासन परीक्षण गराइ सुशासन सम्बन्धी व्राण्ड लिन तयार हुनुपर्ने बताउनुभयो । 

तालिम सहजिकरण नेफ्स्कून बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने व्यवस्थापन तालिम सहायक जया घिमिरेले गर्नुभएको थियो । 

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।