शनिबार, जेठ ५
०९:०९

रजत वर्ष मनाउँदै मकवानपुरको जागरण साकोस

बुधबार, चैत्र २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर ।  मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्थाले आज भव्य कार्यक्रम गरी रजत वर्ष मनाउँदैछ । स्थापनाको २६औ वर्ष प्रवेशको उपलक्ष्यमा जागरण साकोसले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । विशेष कार्यक्रमको बीच रजत वर्ष मनाउने तयारी साकोसले गरेको जनाएको छ ।  

४९ जना महिलाबाट सुरु भएको जागरण साकोसमा फागुन मसान्तसम्ममा ३८१७ जना सदस्य आवद्ध छन् । संस्थाले रजत वर्षको अवसरमा स्मारिका समेत प्रकाशन गरेको छ। उक्त स्मारिकामा ३६ जनाको लेख रचना प्रकाशित गरेको छ । आज एक कार्यक्रमबीच स्मारिका समेत विमोचन गरिदैछ । 

संस्थाले २६ वर्ष प्रवेश गरेको अवसरमा मोबाइल बैंकिङ शुभारम्भ गर्दैछ । रजत वर्षको अवसरमा ४९ जनालाई सम्मान, जेष्ठ नागरिक सम्मान, विभिन्न समयमा १ वर्ष भन्दा बढी समय सेवा गरेका कर्मचारीलाई समेत सम्मान गर्दैछ ।  त्यस्तै, मकवानपुर गढीबाट सहकारी अभियानमा जिल्ला, प्रदेश, केन्द्रका नेतृत्व गरेकाहरुको सम्मान गरिने संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराउनुभयो । करेसाबारी बिशेष हुनेगरी इतिहास बोकेको जागरणको इतिहास ताजा गराउने अभिप्रायका साथ कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यलाई बिउ बिजन बितरण गरिने श्रेष्ठले जानकारी गराउनुभयो । 

१ करोड ९८ लाख सेयर पुँजी रहेको संस्थाको कुल सम्पत्ति १९ करोड ९० लाख रहेको छ । संस्थाको बचत १५ करोड २५ लाख, कर्जा लगानी १२ करोड ८८ लाख, जगेडा कोष १ करोड ९ लाख, अन्य कोष ६८ लाख रहेको छ । संस्थासँग ३६.८७ प्रतिशत तरलता रहेको छ । यो संस्थाले तीन पटकसम्म नेपाल स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गरिसकेको छ ।

जागरण साकोस महिलाहरुको आर्थिक उन्नति भए मात्र बालबालिकाहरुलाई विद्यालय पुर्याउन सकिन्छ भनी २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु गठन भई २०५५ साल चैत्र २८ गते विधिवत रुपमा तत्कालीन जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता भएको हो । समूहको प्रतिनिधिको रुपमा ६२ जना सदस्यहरुबाट एक शेयर र मासिक रुपमा ५ रुपैंया बचतबाट प्रारंभ साकोसको संस्थापक अध्यक्ष भगवती सापकोटा रहनु भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।