शुक्रबार, वैशाख २१
०२:५६

'सदस्यका सुझावहरु नेफ्स्कूनका लागि अमूल्य निधि हुन्'

बुधबार, चैत्र २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय इटहरीको आयोजनामा वेलवारीमा नेफ्स्कून-साकोस अभियन्ता अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ ।  जिल्ला बचत संघ मोरङको सभाहल बेलबारीमा चैत २७ गते आयोजित अन्तरसम्वाद कार्यक्रममा नेफ्स्कूनको वर्तमान सञ्चालक समितिको १ सय दिनको कार्यकालको समीक्षा, सहकारी अभियानको वर्तमान अवस्था, समसामयिक विषयवस्तु एवम् अबको कार्यदिशा केन्द्रीत अन्तरक्रियात्मक छलफल भएको थियो ।  

कार्यक्रममा नेफ्स्कून सेवा कार्यालय अन्तर्गतका सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । सहभागीहरुले केन्द्रीय अभिभावक संघको रुपमा नेफ्स्कूनबाट गरेका अपेक्षाहरुसँगै आफ्ना समस्या, गुनासा र सुझावहरु राख्नुभएको थियो ।  कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य लक्ष्मी सापकोटाले अन्तरसम्वाद कार्यक्रमबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउनुभयो ।

संघको सुनसरी सदस्य सेवा कार्यालय इटहरीका संयोजक समेत रहनुभएका उहाँले सदस्यहरुका सुझावहरु नेफ्स्कूनका लागि अमुल्य निधि भएको बताउँदै तिनलाई संस्थागत गर्ने कर्तव्यबाट विमुख नहुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सञ्चालक सापकोटाले प्राप्त सुझावहरुलाई समेटेर तयार गरिने कार्यक्रमको प्रतिवदेन नेफ्स्कूनको सञ्चालक समितिमा प्रस्तुत गर्ने पनि जानकारी गराउनुभएको समाचार नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय इटहरीका इन्चार्ज रामकृष्ण भट्टराईले प्रेषित गर्नुभएको छ ।

६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एवम् जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी, जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश काईराला, बचत संघ मोरङ र सुनसरी पदाधिकारीहरु एवम् विभिन्न साकोसका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति थियो । 
  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र