शुक्रबार, वैशाख २१
०१:५८

सहकारीमा व्यावसायिक नेतृत्व विकास र सशक्तिकरण कार्यक्रम

शुक्रबार, चैत्र २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सुदूर पश्चिम प्रदेशको धनगढीमा ‘सहकारी व्यावसायिक नेतृत्व विकास एवम् सशक्तिकरण’ कार्यक्रम आयोजना गरिएको छ । सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा हिजो भएको तालिम एवम् अन्तरक्रियाा कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून सञ्चालक दिप्ती शाही लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रममा सुदूर पश्चिम प्रदेशका ९ वटै जिल्लाका सहकारी संघ संस्थाका अध्यक्ष एवम् सञ्चालक तथा व्यवस्थापक गरी करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासंघ सञ्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष पौड्यालले सहकारीमा व्यावसायिक नेतृत्व विकास र सशक्तिकरण विषयमा प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रममा प्रदेश बचत संघका सञ्चालक खगेन्द्र धमलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रदेश बचत संघका उपाध्यक्ष सुरत बहादुर खड्काले गर्नुभएको थियो ।

६७औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश बचत संघले जनाएको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।