शुक्रबार, वैशाख २१
०२:४७

अनाथ आश्रमलाई रौतहटको संकल्प साकोसको सहयोग

बिहीबार, चैत्र २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ६७औं राष्ट्रिय सहकारी दिवसका अबसरमा रौतहटको चन्द्रपुरस्थित संकल्प साकोसले गरुडास्थित बंशिराम अनाथ आश्रमलाई सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत दश हजार रुपैयाँ बराबर खाद्य सामाग्री उपलब्ध गराएको छ । दिवसको अघिल्लो दिन आयोजित अबसरमा साकोसका अध्यक्ष बिभु पोखरेल ,लेखा सुपरीवेक्षण समिति संयोजक गणेश पौडेल, सल्लाहकार उदय प्रसाद देवकोटा, उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल, सचिब के बि थापा, कोषाध्यक्ष बलराम गौतम, सन्चालक भरत प्रसाद अधिकारी र एकनाथ चौलागाईं, व्यवस्थापक हरि प्रसाद तिमल्सिना सहभागी हुनुभएको थियो ।

साकोसले चामल, दाल,तेल चिउरा ,सोयाविन आदि खाद्य सामाग्री उपलब्ध गराएको हो । आफ्नो निजी सम्पत्ति प्रयोग गरी ३० जना अनाथको शिक्षा ,स्वास्थ्य, आवास, भोजनको ब्यबस्था गर्नु हुने मनकारी बाबा बंशिरामलाई साधुवाद दिनुपर्ने साकोसले जनाएको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।