शुक्रबार, वैशाख २१
०५:४६

प्रभात दिदीबहिनी साकोसमा 'व्यवसाय विकास सेवा कक्ष' स्थापना

बुधबार, चैत्र २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सदस्यहरुलाई उद्यमी बनाउने उद्देश्यका साथ चितवनको प्रभात दिदीबहिनी साकोसले आजबाट औपचारिक रुपमा व्यवसाय विकास सेवा कक्ष 'बीडीएस डेस्क' स्थापना गरेको छ ।सदस्यहरुलाई आवश्यकता र परियोजनाका आधारमा साना, मझौला तथा ठूला उद्यम स्थापनाका लागि परामर्श, सीप, पुँजी र प्रविधि लगायत उपलब्ध गराउन 'बीडीएस डेस्क' सहयोगी हुने विश्वास साकोसले लिएको छ ।

आज एक कार्यक्रमका बीच नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतिथ्यतामा बीडीएस डेस्क विधिवत् सञ्चालन गरिएको हो । कार्यक्रममा साकोसकी अध्यक्ष साधना श्रेष्ठ, चितवन बचत संघका उपाध्यक्ष, बागमती प्रोस्कून शिक्षा उपसमिति सदस्य, नेफ्स्कून चितवन सदस्य सेवा केन्द्रका इन्चार्ज रिसभराज रेग्मी लगायत साकोसको सञ्चालक तथा उपसमितिका अधिकारीहरुको उपस्थिति थियो । साकोसले आजै २०८१ सालको अग्रिम शुभकामनासहित संस्थागत क्यालेन्डर पनि विमोचन गरेको छ ।

बीडीएस डेस्कबाट साकोसका सदस्यहरुलाई उद्यमसँग जोडिने प्रेरणा र हौसलासँगै अन्य पूर्वाधारहरु विकासमा टेवा पुग्ने साकोसले जनाएको छ । बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाई उद्यमी बनाउनुपर्छ भन्ने यसको अभिप्राय हो ।

उत्पादन, आयआर्जन, स्वरोजगार र व्यक्तिगतदेखि स्थानीय आवश्यकता सम्बोधनका लागि उद्यमशीलता प्रवर्धनको आवश्यकतालाई बुझेर नेफ्स्कून र USAID Trade and Competitiveness बीचको साझेदारीमा कार्यक्रम अन्तर्गत प्रभात दिदीबहिनी साकोसमा बीडीएस डेस्क स्थापना गरिएको हो । राष्ट्रिय आवश्यकताबोध गर्दै स्थानीय रुपमा हरसम्भव प्रयास गर्न नेफ्स्कूनले साझेदारीमा सञ्चालन गरेको यो अभियानमा जोडिन पाउँदा खुसी लागेको साकोसले जनाएको छ । 

उक्त अवसरमा सदस्यहरुको उत्पादन पनि प्रदर्शन गरिएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।