शुक्रबार, वैशाख २१
०९:२३

सर्लाहीको बागमतीमा ९ वटा सहकारी मिली मनाइयो राष्ट्रिय सहकारी दिवस

मंगलबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाहीको बागमतीमा ६७ औं राष्ट्रिय सहकारी दिवस चैत्र २० गते मंगलबार 'सहकारीमा सुशासन प्रविधि र एकीकरण' भन्ने नारा सहित ९ वटा सहकारी मिली विभिन्न कार्यक्रम गरी मनाइएको छ । सबै सहकारीहरु रक्षापुर प्राविमा जम्मा भई कार्यक्रम संचालन गरिएको थियो ।  

कार्यक्रममा सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि. बागमती–६,सर्लाही, साना किसान कृषि सहकारी संस्था लि. बागमती–१०,सर्लाही, सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था लि. बागमती–१०,सर्लाही, दिदिबहिनी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. बागमती–१०,सर्लाही, प्रगातिशील दुध उत्पादक सहकारी संस्था लि. बागमती–५,सर्लाही, बागमती बचत तथा ऋण सहकारी संस्था लि. बागमती–११,सर्लाही, कृषि उत्पादन एवम् प्रशोधन कृषि सहकारी संस्था लि. बागमती ४,सर्लाही, साना किसान बहुउदेश्य कृषि सहकारी संस्था लि. राजघाट बागमती–५,सर्लाही र श्रमिक कृषक मकै उत्पादक कृषि सहकारी संस्था लि. बागमती ५,सर्लाही रहेका थिए ।

कार्यक्रमको सभापतित्व साना किसान कृषि सहकारी संस्था लि. बागमती–१०,सर्लाही,का अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथि सर्लाही क्षेत्र नं ३ क प्रदेश सांसद जवाहार लाल कुशावाहा रहनुभएको थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला दुध उत्पादन तथा प्रशोधन संघ सर्लाहीका अध्यक्ष लक्ष्मण पौडेल रहनुभएको थियो भने अतिथिहरुमा बागमती नगरपालिका वडा न. ८ का अध्यक्ष डम्वर बहादुर कार्की, बागमति नगरपालिका -९ का वडा अध्यक्ष, दिनेश राय, बागमती नगरपालिका-१० का वडा अध्यक्ष शेष जुगौर, नेफ्स्कून सर्लाही (हरिवन) सदस्य सेवा कार्यालय इन्चार्ज महेश बराल लगायत सहकारीका प्रतिनिधिहरु रहनुभएको थियो । उक्त कार्यक्रमा स्वागत मन्तव्य दिदि वहिनी उद्यमी कृषि सहकारी संस्था लि. काअध्यक्ष कौशल्या निरौलाले राख्नुभएको थियो भने कार्यक्रमको संक्षिप्त जानकारी सामुदायिक ग्रामीण विद्युत सहकारी सं लि.का अध्यक्ष  भिम प्रसाद कोइरालाले गराउनुभएको थियो । कार्यक्रम सञ्चालन भुवन निरौलाले गर्नु भएको थियो ।

उक्त कार्यक्रमा बागमती नगर स्तरीय मावि निबन्ध प्रतियोगीता आयोजना गरिएको थियो जसको शीर्षक समाजमा सुशासन सहित सहकारी र सदस्यको भुमिका रहेको थियो । जसमा निजी र सामुदायिक गरी ६ वटा माविले सहभागिता जनाएका थिए । जसमा जनवाल कल्याण मा।वि थरहराका काजल कुमारी महतो प्रथम,  युरिका बोर्डिबोर्डिङ स्कुलकी सिमा शिवाकोटी द्धितीय, नमुना ज्ञानोदय बोर्डिङ बोर्डिङ स्कुलका कन्चन लामा तृतीय र नव जान जागरण माविकी कुन्ति श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । 

सोही दिन सुर्योदय साकोसले बाल बचतकर्ताहरुलाई निःशुलक स्टेशनरी, कपी, पेन्सल, कलम र खुत्रुके वितरण गरेको संस्थाका व्यवस्थापक फाल्गुण कुमार रोकाहाले जानकारी दिनुभयो ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।