शुक्रबार, वैशाख २१
१२:३०

नेफ्स्कून धादिङ कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस

बुधबार, चैत्र २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय धादिङको आयोजनामा चैत २० गते ६७औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा स्थानीय साकोसका अध्यक्षहरु एवं व्यवस्थापन प्रमुखहरु गरी २० जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून सञ्चालक एवम् सदस्य सेवा कार्यालय धादिङका संयोजक नवराज अर्यालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला बचत संघ धादिङका उपाध्यक्ष एव शिवज्योति साकोसका अध्यक्ष चमेली वगाले काप्री अतिथि रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून संचालक अर्यालले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला बचत संघ धादिङका उपाध्यक्ष काप्रीले स्वागत मन्तव्य राख्दै सहकारी दिवसको शुभकामना एवम् समसामयिक विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय इन्चार्ज शम्भु घिमिरेले गर्नुभएको थियो । उक्त अवसरमा नेफ्स्कूनले तयार पारेको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र