बिहीबार, वैशाख २०
१०:४७

कानून कार्यान्वयनमा ध्यान दिन मन्त्री बलराम अधिकारीको आग्रह  

बुधबार, चैत्र २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा समस्या आउनुमा कानुन कार्यान्वयन नहुनु कारक भएको बताउनुभएको छ । कानुन राम्रो भए पनि कार्यान्वयन फितलो हुँदा अहिलेको समस्या आएको उहाँले जिकिर गर्नुभयो । सहकारीमा सुशासनको समस्या उठेको भन्दै उहाँले भन्नुभयो,  ‘सुशासन कहाँबाट कसले ल्याउने ? आफैबाट सुरु गर्ने होला नि ! सुशासन कायम हुनसके सदस्यका बीचमा जान अप्ठ्यारो पर्दैन ।’ 

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो सहकारी विभागले आयोजना गरेको कार्यक्रममा उहाँले मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । सहकारीको समस्या समाधानमा सरकारले अग्रसरता देखाएको दाबी उहाँले गर्नुभयो । सहकारी नियमनको लागि दरिलो संयन्त्र नहुँदा समस्या आएको मन्त्री अधिकारीले बताउनुभयो । सहकारीको नियमनको लागि प्रभावकारी संयन्त्र बनाउन प्रक्रिया अघि बढाइएको समेत उहाँले जानकारी गराउनुभयो । 

 देशभर कार्यक्षेत्र लिएर कारोबार गर्दा पनि समस्या भएको मन्त्री अधिकारीको भनाइ थियो । अब सहकारीमा समस्या आउन नदिन सरकार प्रतिवद्ध रहेको र दोस्रो तहको नियामकीय निकाय गठन गर्न सैद्धान्तिक स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालयमा मस्यौदा पठाइसकेको उहाँले जानकारी गराउनुभयो ।

कतिपय व्यक्तिले सहकारीबाट लिएको ऋण तिर्नु पदैन भनेर हल्ला चलाउँदा तिर्न चाहनेहरुले पनि समयमा नतिर्दा त्यसको प्रभाव सहकारी परेको उहाँको भनाइ थियो । त्यस्तै, उहाँले केही सहकारी संस्था एकीकरण भएको चारपाँच महिनामा नै बिघटनको कुरा उठ्नु गलत भएको र जे गर्दा पनि हुन्छ भन्ने मान्यताको अन्त्य हुनुपर्नेमा धारणा राख्नुभयो ।

यस्तै उहाँले सहकारीले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान बढाउन आवश्यक रहेको पनि बताउनुभयो ।  उहाँले संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिइएको भए पनि जिडिपीमा योगदान न्यून रहेको तर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।