शनिबार, जेठ ५
०४:४१

भक्तपुरमा नगरस्तरीय राष्ट्रिय सहकारी दिवस मनाइयो 

बुधबार, चैत्र २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । ६७ औं राष्ट्रिय सहकारी दिवस भक्तपुर जिल्लाका चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित मनाइएको छ । संघको नगर सहकारी समन्वय उपसमिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी सम्पन्न भयो । 

भक्तपुर नगरपालिकामा संघको नगर सहकारी समन्वय उपसमितिको आयोजनामा भक्तपुर नगरपालिकाको समन्वयमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले जनताले सहकारीलाई अपनत्व ग्रहण गरी समाज समुदायको विकासमा टेवा पु¥याएको बताउनुभयो । तर केही सहकारीमा आएको समस्याले सहकारी क्षेत्रलाई बदनाम गरेको उहाँको भनाइ थियो । सहकारीमा भ्रष्टाचार विरोधी आन्दोलन शुरु गर्ने भक्तपुर जिल्ला रहेको बताउदैं उहाँले तुलनात्मक रुपमा भक्तपुरको सहकारी राम्रो भएपनि केही सहकारीमा समस्या रहेकोले निरन्तर अनुगमन गर्दै आएको बताउनुभयो । उदाहरणीय हुनको लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति मात्र राम्रो भएर हुर्दैन समग्र सबै क्षेत्र उदाहरणीय हुुन आवश्यक भएकोले सहकारी क्षेत्र पनि उदाहरणीय हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले सहकारीसमेतको सहयोगले भक्तपुरमा अक्सिन प्लान्ट स्थापना भएको स्मरण गर्दै भक्तपुर नपाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराईरहेको कुरा बताउनुभयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको शारदानगरमा बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै यस बर्ष ६७ औं राष्ट्रिय सहकारी दिवस “सहकारीमा सुशासनः प्रविधि र एकीकरण“ भन्ने नाराका साथ मनाइएको बताउनुभयो । सहकारी सुशासनमा संचालनको प्रत्याभूति तथा प्रतिवद्ध गराई सहकारी प्रविधिका आधारमा संचालनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । संघले स्वेच्छिक एकीकरणलाई  समर्थन गर्दै आएको तर फोस्र्ड मर्जले सहकारीको मर्म मर्ने भएकोले उक्त पक्षमा संघ नरहेको उहाँले बताउनुभयो ।

संघका सचिव एवं नगर सहकारी समन्वय उपसमिति संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियामन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नियामक निकायले सहकारीमा ठग्नेलाई नियम अनुसार कार्वाही गरी सदस्यको बचत रकम सुरक्षित गर्नुपर्ने विचार राख्नुभयो । समाज विकासमा सहकारीले खेलेको भूमिकाको चर्चा गर्दै उहाँले हालको सहकारी समस्या समाधान गर्न नियामक निकाय गम्भिर भएर लाग्नुपर्ने बताए । प्रभातफेरी कार्यक्रमको संचालन उपसमितिका सदस्य राजन जतिले गर्नु भएको थियो । प्रभातफेरी कार्यक्रममा ७१ संस्थाबाट २ हजार बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।