शनिबार, जेठ ५
०५:२८

सर्लाहीमा राष्ट्रिय सहकारी दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

बुधबार, चैत्र २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाहीको हरिवनमा नगर सहकारी संजालको आयोजना र सहकारी संस्थाहरुको सहआयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता गरि ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । हरिवन नगरपालिकाको वडा नं. ११ का वडाध्यक्ष शेष मेहवुब रेजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संजालका संयोजक राम प्रसाद घिमिरेले गर्नुभएको थियो ।

ईलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाले सहकारी दिवसको अवसर पारेर राखिएको यस्तो प्रतियोगिताले सहकारीहरुको साख माथि उठेको बताउनुभयो । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष, पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

सनराईज आवासीय माविको खेल मैदानमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिता सहकारीकर्मी-११ विरुद्ध संचारकर्मी (पत्रकार)-११ बीच भएको हो । सहकारी ११ को नेतृत्व समृद्धि साकोसका अध्यक्ष अर्जुन पन्त र पत्रकार ११ को नेतृत्व पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियो ।

६० मिनेटको फुटबल प्रतियोगिता १–१ गोलको बराबरीमा सम्पन्न भएको थियो । सहकारी टीमको तर्फबाट रवि थापा र पत्रकार टीमको तर्फबाट रविन घिमिरेले गोल गर्नुभएको थियो । 

कार्यक्रममा सगुन साकोसका अध्यक्ष केशव प्रसाद ढकाल, समाजसेवी भरत कार्की, राजकुमार उप्रेती, बाबुराम घिमिरे, विनोद कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रम व्यवस्थापन सगुन साकोसका व्यवस्थापक रविन्द्र रानाले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।