आईतबार, जेठ ६
०७:३८

नेफ्स्कून ललितपुर कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस

मंगलबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय ललितपुरको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा ६० साकोसबाट ७५ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून सञ्चालक एवम् सदस्य सेवा कार्यालय ललितपुर संयोजक देव कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि ललितपुरका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंक लिंंका सञ्चालक रामहरी बजगाई रहनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून संचालक श्रेष्ठले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सदस्यहरुको भावना प्रतिविम्बित हुने गरी नेफ्स्कूनले काम गर्नेमा सबैलाई आश्वस्त तुल्याउनुभयो । कार्यक्रममा प्रमुख अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

आजको कार्यक्रमको व्यवस्थापन सदस्य सेवा कार्यालय इन्चार्ज राजेश खड्काले गर्नुभएको थियो भने सञ्चालन संघका व्यवसाय अधिकृत दिनेशराज गौतमले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।