आईतबार, जेठ ६
०९:२१

नेफ्स्कून गोंगबु कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी दिवस कार्यक्रम

मंगलबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालयको आयोजनामा ६७औं राष्ट्रिय सहकारी दिवस २०८० आज विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अध्यक्षता संघका सञ्चालक एवम् गोंगबु सदस्य सेवा कार्यालय संयोजक सुशिल कुमार बस्न्यातले गर्नुभएको थियो । 

“सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मुल भावका साथ नेफ्स्कूनका देशैभरका कार्यालयहरुले झैं गोंगबु सदस्य सेवा कार्यालयले पनि शुभकामना आदानप्रदान, अन्तरक्रिया, संघको वृत्तचित्र प्रस्तुति आदि कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य बस्न्यातले संघको वर्तमान सञ्चालक समितिले गरेका कामकारवाहीसँगै प्राप्त उपलब्धिहरुबारे सहभागी संघ संस्थाका प्रतिनिधिहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो । खासगरी वर्तमान सञ्चालक समितिले कार्यकाल सुरु गरेको १ सय दिन पूरा हुनु एक दिनअघि हिजो जारी गरेको प्रेस विज्ञप्तिलाई आधार बनाई बहसपैरवी, अन्तर्राष्ट्रिय सम्बन्ध, भौतिक संरचना एवम् प्रविधि, आन्तरिक सुशासन लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । सो विज्ञप्ति वाचन एवम् कार्यक्रम सञ्चालन संघको सदस्य सेवा कार्यालय इन्चार्ज राधा पौडेलले गर्नुभएको थियो । 

कार्यक्रममा सञ्चालक बस्न्यातले सदस्य संघ संस्थाहरुको आवश्यकता र अपेक्षा बमोजिम नेफ्स्कूनले काम गर्ने भन्दै समसामयिक विषयबारे पनि जानकारी गराउनुभएको थियो । उहाँले कार्यक्रममा सहभागी भई शुभकामना आदानप्रदान साथै सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभएको थियो । 

देशव्यापी रुपमा विविध कार्यक्रम सहित राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने प्रचलन छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।