आईतबार, जेठ ६
०७:३८

नेफ्स्कून सुर्खेत कार्यालयको आयोजनामा सहकारी दिवस मनाइयो

सोमबार, चैत्र १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतको आयोजनामा ६७औं राष्ट्रिय सहकारी दिवस २०८० शुभकामना आदानप्रदान, संघको वृत्तचित्र प्रस्तुतीसँगै समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालन सदस्य तथा कर्णाली प्रदेश संयोजक विर बहादुर रावत भोटेले गर्नुभएको थियो । सहकारीमा सुशासन: प्रविधि र एकीकरण भन्ने यस बर्षको सहकारी दिवसको मूल थिममा आधारित रही आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाबाट ३२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न साकोसका पदाधिकारीहरुले हाल विभिन्न संस्थाहरुमा तरलता बढी रहेकोले तरलता व्यवस्थापनका लागि भूमिका निर्वाहको अपेक्षा व्यक्त गर्नुभएको थियो भने संघको अगुवाइमा भएका नीतिगत बहसपैरवीसँगै संघले सञ्चालन गरेका तालिम शिक्षा लगायत विभिन्न विषयमा छलफल गरिएको थियो । सहभागीहरुले संस्थाका अध्यक्ष र व्यवस्थापकहरुलाई सँगै राखेर नेफ्स्कूनले प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।  

नेफ्स्कूनका सञ्चालन तथा कर्णाली प्रदेशका संयोजक विर वहादुर रावत भोटेले संघको १०० दिन पूरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्तिका विषयमा पनि जानकारी गराइ प्रष्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भई सकेपछि प्राप्त गरेका उपलब्धि, बहसपैरवी र संघले अघि बढाएका कामहरु, विभिन्न अन्तराष्ट्रिय निकायहरुसँग भएको सम्झौताका बारेमा जानकारी गराउनु भयो । नेफ्स्कून आफ्ना सदस्य संस्थाहरुको हकहित, बृद्धि विकास र प्रवर्धनका दिशामा काम गर्न सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका इन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने कार्यक्रममा व्यवस्थापन सहयोग कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।