आईतबार, जेठ ६
०५:२६

नेफ्स्कून भक्तपुर कार्यालयमा मनाइयो राष्ट्रिय सहकारी दिवस

सोमबार, चैत्र १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । नेफ्स्कून भक्तपुर सदस्य सेवा कार्यालयले ६७औं राष्ट्रिय सहकारी दिवस एक कार्यक्रम आयोजना गरी मनाएको छ । सहकारीमा सुशासन स् प्रविधि र एकीकरण भन्ने यस वर्षको सहकारी दिवसको थिममा आधारित रही आयोजित कार्यक्रममा सदस्य सेवा कार्यालय अन्तर्गतका सदस्य संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुर सहित १७ वटा संस्थाहरु सहभागी भएका थिए भने संघको भक्तपुर सदस्य सेवा कार्यालय र सूर्यविनायक सदस्य सेवा कार्यालयका कर्मचारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक एवम् भक्तपुर सदस्य सेवा कार्यालय संयोजक मन्दरा मिश्रले संघको सञ्चालक समितिको १ सय दिन पुरा भएको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरी त्यस विषयमा थप प्रस्ट पार्नुभएको थियो । उहाँले संघको सञ्चालक समितिले निर्वाचित भइसकेपछि प्राप्त गरेका उपलब्धि, भएका बहसपैरवी र अघि बढाइएका कामहरु आदिबारे जानकारी गराउँदै सदस्य संघ संस्थाहरुको राय लिई आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सदस्यहरुको भावना प्रतिविम्बित हुने गरी नेफ्स्कूनले काम गर्नेमा सबैलाई आश्वस्त तुल्याउनुभयो ।

प्रेस विज्ञप्ति प्रस्तुत गरेर त्यसैमा अन्तरक्रिया कार्यक्रम गरिएको र सहभागीहरुको जिज्ञासा एवं गुनासको मन्दरा मिश्रद्वारा सम्बोधन गरिएको । संघका कार्यक्रम अधिकृत पेशल कुमार खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कून भक्तपुर सदस्य सेवा कार्यालय प्रमुख कल्पना पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।