बुधबार, वैशाख १९
०८:५६

६७औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइँदै

सोमबार, चैत्र १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । आज ६७औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केहीले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु सुरु गरिसकेका छन् । राष्ट्रिय सहकारी महासंघले केही दिनअघि यस वर्षको सहकारी दिवसको थिम ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ घोषणा गरेसँगै त्यसैलाई समग्र अभियानले आत्मसात् गर्दै कार्यक्रमहरु परिलक्षित गरेका छन् । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनले पनि देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यक्रम आयोजना गरेको छ ।

यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले खेलकुद, मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने केहीले सम्पन्न गरेका छन् । केहीले आगामी केही दिनसम्म कार्यक्रमहरु जारी राख्ने जनाएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान, विचार गोष्ठी, अन्तरक्रिया, छलफल, हाजिरी जवाफ, निबन्ध, कविता, चित्रकला प्रतियोगिता, गोष्ठी, सरसफाई, प्रविधिमैत्री सेवाहरुको सुभारम्भ, वृक्षारोपण लगायत विविध प्रकृतिका कार्यक्रमहरु राखिएका छन् । पछिल्लो तथ्याङक अनुसार हाल मुलुकभर करिब ३१ हजार ३ सय बढी सहकारी छन् ।

२०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।