बुधबार, वैशाख १९
०७:२९

साकोस अभियानको सुरक्षा र छवि अभिवृद्धिमा नेफ्स्कून प्रतिबद्ध    

आईतबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले साकोस अभियानको सुरक्षालाई केन्द्रमा राखेर छवि अभिवृद्धिका दिशामा निरन्तर कामहरु भैरहेको जनाएको छ । संघको ३२ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले कार्यारम्भ गरेको एक सय दिनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा हालसम्म प्राप्त उपलब्धिहरु, कार्यान्वयनका ल्याइएका विषयहरु, र कार्यान्वयनको चरणमा रहेका विषयहरुलाई 'प्रेस मिट' मार्फत सार्वजनिक गरिएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालकहरु मन्दरा मिश्र, सिता ढकाल पौडेल, नवराज अर्याल र देव कुमार श्रेष्ठसँगै निमित्त कार्यकारी प्रमुख सञ्जयराज तिमिल्सेना, सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ लगायतको उपस्थितिमा वर्तमान सञ्चालक समितिमार्फत एक सय दिनका उपलब्धिहरु पत्रकारहरुलाई जानकारी गराइएको हो ।

संघले बहस पैरवीको प्राथमिकता, सरकारसँगको सहकार्य आन्तरिक सुशासन प्रवर्धन तथा सदस्य सुरक्षण अन्तर्राष्ट्रिय साझेदारी विस्तार, सञ्जाल व्यवस्थापन, अनुगमन तथा सुपरीवेक्षण र प्रविधि तथा भौतिक संरचना अन्तर्गत हालसम्म प्राप्त उपलब्धि र अघि बढाइएका कामहरुबारे १४ बुँदामा सञ्चारमाध्यमलाई अवगत गराएको हो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी र कोषाध्यक्ष दिपक थापाले सञ्चालक समितिसँग सम्बन्धित विषयहरुमा तथा संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले व्यवस्थापनसँग सम्बन्धित जिज्ञासाहरु सम्बोधन गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।