बुधबार, वैशाख १९
०७:३०

नेफ्स्कून र अफलातून इन्टरनेशनलबीच ५ बर्षीय सम्झौता 

आईतबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेफ्स्कून र अफलातून इन्टरनेशनलबीच सामाजिक तथा वित्तीय शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धी ५ वर्षीय सम्झौता सम्पन्न भएको छ । नेदरल्याण्ड्सको राजधानी अ्याम्स्टड्याममा आयोजित एक कार्यक्रमकाबीच नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र बरिष्ठ अधिकृत नविन राज दाहाल तथा Stichting Aflatoun International का प्रमुख कार्यकारी अधिकृत Roeland Monasch र बरिष्ठ कार्यक्रम अधिकृत Lucky Lumingkewas ले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।  

द्धिपक्षीय सम्झौताअनुसार पाँच वर्षमा १ सय वित्तीय सहकारीमा आवद्ध सदस्यका सन्तानमा बचत गर्ने बानी जागृत गराउन विभिन्न प्रशिक्षण औजार र विधिबारे अभ्यास गराइनेछ । यसले बचत गर्ने बानी, फजुल खर्च अन्त्य र बालबालिकामा वित्तीय जानकारीको संस्कार बसाल्न सहयोग पुर्याउनेछ । साथै उनीहरु अध्ययनरत विद्यालयमा जीवनपयोगी तथा उद्यमशील शिक्षाको संस्कार बसाल्न साकोसहरुसँगको सहकार्यमार्फत विद्यालयमा विभिन्न सीप तथा शिक्षामूलक कार्यक्रम सञ्चालन गरिनेछन् । 

उक्त सम्झौतामा व्यक्तिगत बुझाइ तथा उत्खनन्, अधिकार तथा जिम्मेवारी, बचत तथा खर्च, योजना तथा बजेट निर्माण र सामाजिक एवम् वित्तीय उद्यम गरी पाँच मुख्य विषय समेटिने छन् जसले बहस तथा सञ्चार, पाढ्यक्रम तथा तालिम सामाग्री, प्राविधिक सहयोग तथा सिकाइ, अनुसन्धान, निरीक्षण तथा मूल्याङ्कन र सुशासन एवम् स्रोत परिचालन जस्ता विषयमा बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास लिइएको छ । 

अफलातून इन्टरनेशनलले विगतका केही वर्षदेखि नेपाल सरकार र विभिन्न निकायसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेपनि सहकारीको केन्द्रीय निकायसँग भने पहिलो पटक सहकार्यको सम्झौता भएको हो । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।