बिहीबार, वैशाख २०
०४:५०

'सहकारीहरु संयमित र सचेत हुनपर्छ'

आईतबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८० चैत्र १६ गते संघका समिति, उपसमिति र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम संघको सभाहलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाल सहकारीबारे सडकदेखि सदनसम्म चर्चा भइरहेको बताउँदै सहकारीको यस तरल अवस्थामा सहकारी संस्थाहरु संयमित र सचेत हुनपर्ने बताउनुभयो । उहाँले सहकारीकोे दीर्घकालीन समस्या समाधान गर्न दोस्रो तहको नियमक निकाय गठनमा सरकार लागेको कुरा बताउनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रमले नियमन निकाय र अभियान मिलेर सहकारी समस्या समाधानका लागि समूहिक प्रयासमा टेवा पुग्ने बताउनुभयो ।

संघका सचिव जगनाथ प्रजापतिले संघको आयोजनामा जिल्ला स्थित संघहरुको समन्वयमा हरेक बर्ष राष्ट्रिय सहकारी दिवस चैत्र २० गते प्रभातफेरी कार्यक्रम गरी मनाइँदै आइरहेकोमा यस बर्ष नगर नगरमा संघको नगरस्तरीय सहकारी समन्वय उपसमितिको आयोजना तथा समन्वय र सहकार्यमा प्रभातफेरी कार्यक्रम सहित ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी भएको भन्दै सहकारी संस्थाको सक्रिया सहभागिताको लागि अनुरोध गनुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले ६७ औं राष्ट्रिय सहकारी दिवसको थिम “सहकारीमा सुशासन र प्रविधि र एकिकरण” बारेमा प्रकाश पार्दै नारा अनुसार संघले प्रविधिलाई आत्मसात गर्दै सदस्य संस्थाहरु बिच कर्जा सूचना, भुक्तानी रसिद क्लिरिङ लगायतका लागि प्रविधि विकासका काम भइरहेको बताउनुभयो ।

संघले विकास गर्दै आएको ऋण लगानी विश्लेषण औजार बारे समेत अन्र्तक्रिया कार्यक्रम छलफल भएको थियो । सो कार्यक्रममा संघका समिति, उपसमिति र कर्मचारी गरी ३८ जना उपस्थिति थियो ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।