आईतबार, जेठ ६
१०:३०

लोकदिप साकोसद्वारा स्वास्थ्य शिविर आयोजना; २ सय बढी लाभान्वित 

सोमबार, चैत्र १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

म्याग्दी । सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरबाट २ सयभन्दा बढी लाभान्वित भएका छन् । साकोसका सेयर सदस्य लक्षित निःशुल्क (सुगर,प्रेसर र दाँत) परीक्षण शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की (विर्खची) ले वित्तीय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो । 

‘सेयर सदस्यको हितमा काम गरिरहेका सहकारी सधै बलियो हुन्छ, सेवामुलक र वित्तिय साक्षरतामार्फत सहकारीप्रतिको भ्रम चिर्नुपर्छ’अध्यक्ष कार्कीले भन्नुभयो। उहाँले सहकारीका सञ्चालन, कर्मचारी इमान्दार भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्ने भएकाले सहकारीका सेयर सदस्यको समेत निगरानी आवश्यक रहेको बताउनुभयो। स्थापना दिवसको अवसरमा प्रमुख अतिथि सहकारी संघका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी, तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षत्रीले केक काटेर संयुक्त रुपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो । 

शिविरमा सुगर,प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा। गोविन्द पोख्रेल,कोर स्माईल डेन्टल क्लिनिकका डा। मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गर्नुभएको थियो । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता लोकदिप सहकारीका उपाध्यक्ष देबेन्द्र पौडेल, स्वागत सह–सचिव गोविन्द रिजाल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

सहकारीले स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोग सहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।