बुधबार, वैशाख २६
०५:४३

पोखरा रोयल र सिवाईसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना

आईतबार, चैत्र ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्कीको पोखरा रोयल तथा बागलुङको सीवाईसी साकोसमा व्यवसाय विकास सेवा कक्ष (BDS Desk) स्थापना गरिएको छ । अमेरिकी अन्तर्राष्टिय सहयोग नियोग (यूएसएड) अन्तर्गतको Trade and Competitiveness  र नेफ्स्कूनको साझेदारी कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको हो ।

दुबै साकोसको सेवा कक्षको यूएसएड नेपाल चीफ अफ पार्टी एग्नेस लुजले उद्घाटन गर्नुभएको हो ।  यूएसएड अन्तर्गतको Trade and Competitiveness र नेफ्स्कूनको सहयोगमा देशका विभिन्न ३१ साकोसमा व्यवसाय विकास कक्ष स्थापना गर्ने योजना अनुसार पछिल्लो पटक पोखरा रोयल र  सीवाईसी साकोसमा बीडीएस डेस्क स्थापना गरिएको हो ।

पोखरा रोयल साकोसले सदस्यको आवश्यकता र व्यावसायिक परियोजनाका आधारमा उद्यम सञ्चालनका लागि आवश्यक परामर्श, सीप र पुँजी उपलब्ध गराउँदै सदस्यहरुलाई उद्यमी बनाउन बीडीएस डेस्कको सुरुवात गरिएको जनाएको छ । साकोसले बीडीएस डेस्क परामर्शका लागि संस्थाका ऋण विभाग प्रमुख अभिषेक गुरुङ्गलाई परामर्शदाताको रुपमा जिम्मेवारी प्रदान गरिएको छ ।

संस्थाले गरेका गतिविधिहरुमा बीडीएस डेस्कको थालनीले थप प्रभावकारी हुने र संस्थाको ख्याती वृद्धि गराउन मद्दत पुग्ने यूएसएड चिफ अफ पार्टी एग्नेस लुजले बताउनुभयो । उक्त कार्यक्रममा पोखरा रोयल साकोसका सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कर्मचारीहरुका साथै USAID ‘एक्सेस टु फाइनान्स’का प्रबन्धक सञ्जय झा, नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दाहाल र अधिकृत मनोज खड्काको सहभागिता रहेको थियो ।

त्यसैगरी, सीवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समितिका सदस्य गोपाल कुमार शर्मा र संचालन सचिव ज्ञानेन्द्रराज पन्तले गर्नु भएको थियो । संस्थाको यो डेस्कले युवाहरूलाई व्यवसाय सञ्चालन, श्रोत व्यवस्थापन, व्यवसाय योजना, प्राविधिक सुविधा, मार्केटिङमा सहयोग, सम्भावित पेशागत उद्यम गर्न चाहने महिला, महिला तथा अपाङ्गता भएका सदस्यहरूलाई परामर्श र सल्लाह दिने छ । व्यवसाय विकास कक्षको परामर्शदाताका रूपमा सहकारीका सहायक प्रवन्धक शालिकराम पौडेललाई नियुक्त गरिएको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।