मंगलबार, वैशाख २५
०८:४९

नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'

आईतबार, चैत्र ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गैडाकोट, नवलपुर । नवलपुर जिल्ला बचत तथा ॠण सहकारी संघ लि, नवलपरासी (व सु पूर्व) को आयोजनामा दुई दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सञ्चालन गरिएको छ । तालिममा समितको काम ,कर्तव्य र अधिकार विषयसँगै विद्यमान परिस्थितिसँग जोडेर समिति कसरी थप सक्रिय भएर सहकारी संस्था सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा जोड दिइएको थियो ।  चैत ६ र ७ गते सञ्चालित तालिममा ३० जनाको सहभागिता रहेको थियो । 

संघका कार्यवाहक अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षता, नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलको प्रमुख आतिथ्यता ,विशेष अतिथिहरु नेफ्स्कुन सञ्चालक गोपाल प्रसाद  गौतम, राष्ट्रिय सहकारी बैंक लि. का लेखा सुपरिवेक्षण समिति सदस्य केशव प्रसाद सापकोटा, जिल्ला सहकारी संघ लि,नवलपरासी (व सु पूर्व) का अध्यक्ष  तिलक प्रसाद पराजुली एवं जिल्ला सहकारी संघ लि का सचिव श्याम सुन्दर लामिछाने, जिल्ला बचत तथा ॠण सहकारी संघ लि.का संस्थापक अध्यक्ष खेमराज सापकोटा, गैंडाकोट सहकारी मंचका अध्यक्ष प्रेम प्रसाद सापकोटाको आतिथ्यता, जिल्ला बचत तथा ॠण सहकारी संघ लि का सचिव देवराज पौडेलको संचालन र सह सचिव नारायण पौडेलको स्वागत रहेको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सेनाले गर्नु भएको थियो । पहिलो दिनको कार्यक्रमको अन्त्यमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहभागी भई सहभागीहरुलाई उत्प्रेरित गर्नुभएको थियो । तालिम समापनमा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्र राज ज्योति पौडेलले सहभागीहरूलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । गैडाकोट नगर पालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम, जिल्ला सहकारी संघ लि का सचिव श्याम सुन्दर लामिछानेको समेत समापन सत्रमा उपस्थिति थियो।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।