मंगलबार, वैशाख २५
०३:४५

हिमाली ब्राह्मी साकोसको वित्तीय व्यवस्थापन कार्यक्रम 

आईतबार, चैत्र ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । भतरपुर महानगरपालिका-११ स्थित हिमाली ब्राह्मी साकोसले ग्लोबल मनी विक-२०२४ को अवसरमा फागुन ९ गते शुक्रबार वित्तीय व्यवस्थापन कार्यक्रम संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा ५१ जनाको उपस्थितिमा सम्मन्न गरेको छ ।

कार्यक्रममा पैसाको महत्त्व, व्यक्तिगत तथा पारिवारिक बजेट, आम्दानी खर्च, सम्पति तथा दायित्व लगायत वित्तीय व्यवस्थापनका फाइदा र तौरतरिका,बारे अन्तर्कृयात्मक सिकाइसँगै अनुभवहरु पनि आदानप्रदान भएको थियो । सहभागी सदस्यहरुले कार्यक्रम निकै जानकारीमूलक भएको बताउनुभएको थियो । दैनिक जीवनमा लागू गर्नुपर्ने मसिना विषयहरुमा पनि शिक्षा प्राप्त भएको बताउँदै सहभागीहरुले सकाइलाई व्यवहारमा अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष भबानी देवी अधिकारी, प्रमुख अतिथि सहभागीको तर्फबाट जेष्ठ सदस्य उर्मिला भट्टराई, सचिव गिता केसी, कोषाध्यक्ष सरला घिमिरे, लेखा सुपरिवेक्षण समिति संयोजक इन्दिरा घिमिरे, संचालक सदस्य डिक माया भट्टराई, सरिता घिमिरे सल्लाहकार चम्फा भट्टराई, बालकुमारी कंडेल तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत उपाध्यक्ष मिना ढकाल पाण्डे, कार्यक्रम संचालन सचिब गिता केसीले गर्नु भएको थियो । सहजीकरण सस्थाको व्यवस्थापक सजना श्रेष्ठले गर्नु भएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।