मंगलबार, वैशाख २५
११:५७

सहकारीका सम्बन्धमा फिजाइएका भ्रम चिर्न संयुक्त प्रयास आवश्यकः मन्त्री अधिकारी

शुक्रबार, चैत्र ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका सम्बन्धमा व्याप्त भ्रम चिर्न संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । केही सहकारीहरुले गरेको गल्तीका कारण सबै सहकारीहरु गलत हुन भन्ने भ्रम फिजाउने काम भएको छ, ‘नेफ्स्कूनको आयोजनामा सञ्जाल व्यवस्थापन राष्ट्रिय कार्यशाला २०८० को आज नगरकोटमा उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘यो भ्रम चिर्न तपाईहरु सबैको साथ सहयोग आवश्यक छ ।

यस दिशामा एउटा साझा धारणा विकास गर्दै सिङ्गो अभियानको एउटै बोली बोल्न तपाईहरुको यो बसाइ सफल हुने विश्वास लिएको छु ।’ मन्त्री अधिकारीले भन्नुभयो, ‘सहकारी अभियानलाई अघि बढ्न नदिन तथा राज्यको नीति भित्र सहकारीलाई नअटाउने नियोजित कोशिस भएको छ ।’

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारी विना राज्यको उन्नति सम्भव नभएको बताउँदै भन्नुभयो, ‘राज्यको हरेक विषयमा सहकारी जोडिनुपर्छ ।’ राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र गलत गर्नेलाई कारबाहीको सिफारिश गर्न बचत तथा ऋण सहकारीहरुको साझा सञ्जालसँग उहाँले आग्रह पनि गर्नुभयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘यी सबै कामहरु गर्न राज्य एक्लैले सम्भव छैन । तपाईहरु सबैको साथ सहयोग र सक्रिय सहभागिता आवश्यक छ । समस्या राखेर तर्केर हिड्न पाइदैन, समाधानको उपायका सम्बन्धमा पनि सबै मिलेर निष्कर्ष निकाल्नुपर्छ ।’

सरकार र सहकारी अभियानबीच हार्दिक सम्बन्ध आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीको जोड थियो । सहकारीमा विद्यमान समस्या समाधान गर्न सरकार लागिपरेको भन्दै मन्त्री अधिकारीले एकीकरणका माध्यमबाट सहकारीहरुको गुणस्तर अभिवृद्धि गर्ने, नयाँ दर्ता रोक्ने तथा बचत तथा कर्जा सुरक्षण केन्द्र, ऋण असुली न्यायाधिकरण तथा कर्जा सूचना केन्द्रका विषयहरु बिस्तारै सम्बोधन हुँदै जाने विश्वास समेत मन्त्री अधिकारीले दिलाउनुभयो ।  

एक अर्को प्रसङ्मा मन्त्री अधिकारीले दक्षिण कोरियाली राजदूतसँग पनि सहकारीको विषयमा छलफल भएको जानकारी गराउनुभयो भने सहकारीको यकिन तथ्याङ्क अद्यावधिक गर्न पनि विभागलाई निर्देशन दिएको पनि बताउनुभयो ।

नेफ्स्कून सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै प्रदेश बचत संघ तथा जिल्ला बचत संघका देशभरबाटै सहभागी साकोस अभियन्ताहरुको भेलामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केही सहकारीका कारण समग्र सहकारी क्षेत्रलाई नै आक्षेपित गरिएको अनुभूति भएको भन्दै आशंका र आक्षेपहरु चिरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसका लागि पनि यो दुई दिने भेलाले साझा धारणामार्फत सबल, सक्षम र सुरक्षित बचत तथा ऋण सहकारी अभियानको सन्देश प्रवाह गर्ने अपेक्षा सचिव दुवाडीले व्यक्त गर्नुभयो । सुशासन मैत्री सहकारी अभियान बनाउने काममा सबैको भूमिका रहने उहाँले बताउनुभयो । सहकारी क्षेत्रलाई राइट ट्रयाकिङ गर्न सबैको संयुक्त प्रयास आवश्यक भएको सचिव दुवाडीले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्री र सचिवको सहभागिताले दुई दिने बसाइको गरिमा थप बढको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्री र सचिवज्यूको उपस्थितिले देशभरको साकोस अभियानलाई उत्साहित बनाएको छ । मन्त्रीसँगै सचिवज्यू हाम्रा विषयमा जानिफकार हुनुहुन्छ । यसले आगामी दिनमा अभियानका समस्याहरु क्रमशः सम्बोधन गर्दै सही दिशाबोध गर्न मद्दत पुग्ने विश्वास लिएका छौं  ।’

अध्यक्ष ढकालले अभियानको बहसपैरवीकै कारण बचत तथा ऋण सुरक्षण कोष, ऋण असुली न्यायाधिकरणसँगै कर्जा सूचना केन्द्रसँग जोडिने विषयहरु सम्बोधनको क्रममा रहेको जानकारी गराउनुभयो । उहाँले साकोस अभियानलाई थप शसक्त र सबल बनाउन विषयहरु छलफल गरी समूल रुपमा सञ्जालको प्रभावकारिता वृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘साकोस अभियानको साझा सञ्जालको प्रभावकारिता बढाउँदै सशक्त बनाउने र सुदृढ सञ्जाल निर्माणको खाका तयार गर्ने उद्देश्यका साथ हामीले कार्यत्रम आयोजना गरेका हौं ।’

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले राष्ट्रिय रुपमै बचत तथा ऋण सहकारी अभियान सशक्त सावित भएको बताउनुभयो । जनयुद्धको बेलामा पनि बैंक तथा वित्तीय संस्थाहरु नभएको समयमा साकोसहरुले समुदायस्तरमा सदस्यहरुलाई वित्तीय तथा समुदायको हितका लागि काम गरेको भन्दै उहाँले पछिल्लो दिनमा केही छद्मभेषी सहकारीहरुका कारण प्रभावी अभियानमा हिलो छ्याप्ने काम भएको भन्दै यी सबै विषयहरुको सम्बोधनका लागि पनि साकोस अभियानको सञ्जाल व्यवस्थापन अनिवार्य भएको दाबी गर्नुभयो । उहाँले सबैलाई छलफलमा सक्रिय सहभागी भई उपयुक्त निकास निकाल्न पनि आग्रह गर्नुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘बचत तथा ऋण सहकारी अभियानको पहिचान अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रममा संघकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी,  कोषाध्यक्ष दिपक थापासँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सदस्य प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापकीय समूहको सहभागिता रहेको थियो । संघका महासचिव घनश्याम अधिकारीले कार्यक्रम सञ्चालन गर्दै पूर्वदेखि पश्चिमसम्मका जिल्ला तथा प्रदेशका जिम्मेवार प्रतिनिधिहरुको सहभागितामा सञ्जाल व्यवस्थापन तथा सहकार्यको आधारहरु तय गर्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको दाबी गर्नुभयो । 

कार्यक्रमको दोस्रो सत्रमा संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा  प्रस्तुतिकरण गर्दै एउटै नीति, एउटै विधि, एउटै सिकाइ, एउटै बुझाइ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको उल्लेख गर्नुभयो । साकोस अभियानमाथि भैरहेको प्रहार रोक्दै छवि जोगाउन एक्लै बोलेर नहुने भन्दै उहाँले भन्नुभयो, ‘सञ्जाल आफै नताती काम हुँदैन । त्यसका लागि साझा प्रतिबद्धताहरु हामीले बोक्नुपर्छ ।’ 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।