आईतबार, जेठ ६
०३:३४

सहकारीका सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न काठमाडौं महानगरपालिकाको अनुरोध

सोमबार, चैत्र ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं महानगरपालिकाले सहकारीका ऋणीहरुलाई समयमै ऋण तिर्न आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सूचना जारी गरेको हो । अन्यथा कानून बमोजिम कारबाही गरिने चतावनी महानगरले दिएको छ ।

काठमाडौं महानगर नगर कार्यपालिकाको कार्यालय सहकारी विभागले विभिन्न बहानमा सहकारी संस्थाबाट लिएको ऋण सदस्यहरुले चुक्ता नगर्दा संस्थाहरुमा समस्या उत्पन्न भएको भन्दै ऋण तिर्नुपर्दैन भन्ने भ्रामक र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई आधार नमान्न पनि आग्रह गरेको हो । यस्तै कारण सहकारी संस्थाहरुको व्यवस्थापनमा पछिल्लो समय समस्या आएको भन्दै महानगरले सदस्यहरुको बचत रकम नै ऋणीलाई कर्जाको रुपमा प्रवाह हुने गरेको विषय ध्यानमा राख्न सूचित गरेको हो ।

ऋणी सदस्यहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आइरहेका महानगरले जनाएको छ । केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था पाइएको महानगरको जनाएको छ ।

महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ । अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।’
संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।