शुक्रबार, वैशाख २१
०७:०२

हाम्रो अभियान साकोस गुणस्तर सुनिश्चिततासम्बन्धी 'प्रोबेसन' कार्यक्रममा आवद्ध

आईतबार, चैत्र ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बालाजु माछापोखरीस्थित हाम्रो अभियान बचत तथा ऋण सहकारी संस्था लि. गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोबेसन कार्यक्रममा आवद्ध भएको छ । नियमित अनुगमन तथा सुपरिवेक्षणमार्फत संस्थाको वित्तीय स्वास्थ्य सबल बनाउँदै संस्थागत विकास गर्न प्रोबेसन कार्यक्रममा सहभागी भएको साकोसले जनाएको छ । आफ्ना सदस्य साकोसहरुको गुणस्तर सुनिश्ति गरी प्रोवेसन कार्यक्रम पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अर्थात् प्रोबेसन नेपाल सरकारको मान्यता प्राप्त एवम् नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितता एवम् स्तरीकरण कार्यक्रम हो ।  

चैत १ गते साकोसमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष किरण गौतम तथा नेफ्स्कूनकी अनुगमन अधिकृत सोबिता मैनालीले संस्थाका सचिव मजिन्द्र महत एवम् कोषाध्यक्ष सञ्जय कुमार फुँयाल तथा नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालयकी इन्चार्ज राधा पौडेलको रोहवरमा प्रोवेशन कार्यक्रम सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

नेफ्स्कूनले  सहकारी विभागको सहकार्यमा सदस्य साकोसको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि प्रोबेसन कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघले २०७८ साल असार २१ गते उद्योग विभागबाट प्रोबेसन प्रतिकको ट्रेडमार्क प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र