आईतबार, जेठ ६
०३:०७

उपलब्धिमूलक सिकाइ भयो

शनिबार, चैत्र ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको आयोजनामा चैत २ र ३ गते पर्ल्स अनुगमन पद्धति विश्लेषण तालिम काठमाडौंमा आयोजना गरिएको छ । प्रोवेसन वागमती ५औं क्लष्टरमा आवद्ध साकोसहरुका संचालक समिति र व्यवस्थापनका लागि लक्षित तालिमका सहभागीहरुले सिकाइ उपलब्धिमूलक भएको बताउनुभयो । वास्तविक रुपमा बचत ऋण सहकारी संचालनका लागि पर्ल्स विश्लेषण गर्न सक्ने सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति भए मात्र संस्थामा सदस्यहरुको बचतको सुरक्षा गर्दै दिगो संचालन गर्न सकिने विषय तालिमबाट सिकाइ भएको धारणा उहाँहरुको थियो । तालिममम सिकेका कुरा संस्थामा कार्यान्वयन गर्ने प्रतिबद्धता सहभागीहरुले जनाउनुभएको थियो ।

तालिममा समापनमा जोडिनुभएका नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले पर्ल्स वित्तयि संस्थाहरुको दिगो विकासको लागि महत्वपूर्ण औजार रहेको हुँदा सबै साकोसहरुले परिपालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नियत खराव राखेर संचालन गरेका कारणले समस्या आएका सहकारी र नियत सही हुँदाहुँदै प्राविधिक कारणले समस्यामा परेका सहकारीहरुको बिचमा राज्यसँग बसेर बर्गीकरण गर्ने योजना रहेको र त्यसपश्चात प्राविधिक कारणले समस्या आएका साकोसहरुलाई सहयोग गरी संचालनमा सहजता ल्याउने र नियत खराब भएकालाई कानून बमोजिम कारवाहीका लागि राज्य अघि बढनुपर्ने उहाँले बताउनुभयो ।

महासचिव अधिकारीले नेफ्स्कूनले कोभिडको सुरुवाती चरणमा सदस्य संस्थाहरुलाई समस्या पर्दा सहजीकरण गरेको सम्झदैं निरन्तर रुपमा नेफ्स्कून आफ्ना सदस्य संस्थाहरुको बीचमा रहेको र अप्ठ्यारो परेकालाई निरन्तर रुपमा सहयोग गरिरहेको र गरिरहने बताउनुभयो । तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन नेफ्स्कून तालिम सहायक जया घिमिरेले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।