सोमबार, वैशाख ३१
११:३१

ठेचो महिला जागरण साकोसको 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' सम्पन्न

शुक्रबार, फागुन २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गोदावरी-१२ ललितपुरस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको दिवसको अवसर पारेर 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले गर्नुभएको थियो । साकोसकी अध्यक्ष लक्ष्मीतारा डङ्गोलले महिला दिवसको अवसरमा महिलाहरुको नेतृत्व क्षमता विकास, जीवन रुपान्तरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै साकोसमार्फत उद्यमशिलता प्रवर्धन तथा सदस्य हितमा निरन्तर कार्य गर्न प्रेरित गर्न पनि कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्तरक्रियात्मक विधिबाट नेतृत्व विकासका आयामहरुबारे प्रस्ट पारिएको थियो भने सहभागीहरुको जिज्ञासाको पनि सम्बोधन सहजकर्ता दाहालले गर्नुभएको जिानकारी ठेचो महिला जागरण साकोसकी व्यवस्थापक रमिता महर्जनले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

२०६५ सालमा स्थापना भएको ठेचो महिला जागरण साकोसमा हाल ३ हजार बढी सदस्य छन् भने १३ करोड बढीको कूल सम्पत्ति छ । यस्तै, साढे ७ प्रतिशत संस्थागत पुँजी रहेको छ । दिगो आर्थिक विकासमा उत्कृष्ट महिला सहकारीको परिकल्पना बोकेको ठेचो महिला जागरण साकोस नेफ्स्कूनको ३६ओैं स्थापना दिवसको अवसरमा बागमती प्रदेश अन्तर्गत उत्कृष्ट सहकारी घोषणा भई पुरस्कृत समेत भएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।