सोमबार, वैशाख १७
०९:३१

सहकारीका ऋणीहरुले ऋण नतिर्दा बचत फिर्तामा समस्या

शुक्रबार, फागुन २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भन्दै सहकारीबाट लिएको ऋण तिर्न आह्वान गरेको हो । सम्झौता वा सर्त बमोजिम लिएको ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।

‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ,’ सूचनामा भनिएको छ ।

सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको देखिएको सूचनामा उल्लेख छ । यस्तोमा ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था ऐनमा रहेको छ ।

सोही अनुसार सहकारीको ऋण नतिर्ने ऋणीलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गर्ने मन्त्रालयले आहवान गरेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र