सोमबार, वैशाख १७
०४:४१

हाम्रो जनकल्याण साकोसद्वारा असहाय सन्तती छात्रवृत्ति प्रदान 

बिहीबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (२०१६–२०३०) को गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने उद्देश्यका साथ वार्षिक कार्यक्रममा व्यवस्था भए अनुसार दोलखाको हाम्रो जनकल्याण सकोसले हाम्रो जनकल्याण असहाय सन्तती छात्रवृत्ति प्रदान गरेको छ । 

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को कार्य क्षेत्र अन्तरगत भिमेश्वर नगरपालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थी मध्ये संस्थामा शेयर सदस्य रहेका एकल महिला तथा पुरुषका छोराछोरी वा बुबाआमा दुबै गुमाएका विद्यार्थी मध्ये परिवारको एक जनालाई माध्यमिक तहसम्मको अध्ययनलाई पूरा गर्ने उद्देश्यले व्यवस्था गरिएको हाम्रो जनकल्याण असहाय सन्तती छात्रवृत्ति भिमेश्वर नगरपालिकामा रहेको श्री कुटिडाँडा माध्यमिक विद्यालय मकैबारीका दुई जना, श्री देवी माध्यमिक विद्यालय बोचको दुई जना, श्री हरिकिर्तन आधारभूत विद्यालयका दुई जना र श्री सेती देवी माध्यमिक विद्यालय काउलेका एक जनालाई प्रति विद्यार्थी पच्चिस सय रुपैयाँ वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी दिपक बस्नेतले जानकारी दिनुभयो । संस्थाको सूचना अनुसार विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्तिको रकम क्रमशः प्रदान गरिने पनि प्रमुख कार्यकारी अधिकृत बस्नतेले जानकारी दिनुभयो । 

छात्रवृत्ति प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै संस्थाका अध्यक्ष राजन श्रेष्ठले छात्रवृत्तिको रकममा वृद्धि गर्ने तथा पारिवारिक विचलनका कारण गुणस्तरीय शिक्षाका लागि समस्या भएका विद्यार्थीका लागि पनि आगामी वर्षबाट छात्रवृत्तिको व्यवस्था गर्ने बताउनु भएको थियो । हाम्रो जनकल्याण साकोसले विगत ५ वर्षदेखि यो छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । सोही अवसरमा विद्यालयमा हाम्रो जनकल्याणको सहकारी शिक्षा अन्तरगत एक सय पचास भन्दा बढी विद्यार्थीलाई सहकारी शिक्षाका बारेमा प्रशिक्षित गरिएको थियो ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।