सोमबार, वैशाख १७
१०:१३

अग्रभागका कर्मचारी तथा सेवा सहायकहरुको क्षमता विकास तालिम

बिहीबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून बिर्तामोड सेवा केन्दको आयोजनामा फागुन २४ गते विहिबार 'अग्रभागका कर्मचारी तथा सेवा सहायकहरुको क्षमता विकास तालिम' सञ्चालन गरिएको छ । तालिममा इलाम जिल्लाका २ साकोस र झापाका १९ साकोसहरु बाट गरी २३ जनाको सहभागिता रहेको थियो । तालिममा  १७  महिला र ६ पुरुषको सहभागिता रहेको थियो ।

सहभागीहरुले सहायक स्तरका कर्मचारीहरुले समेत अवसर पाउने गरी आयोजित समय सापेक्ष तालिम निकै उचित र व्यावहारिक भएको प्रतिक्रिया जनाउनुभएको थियो । नेफ्स्कूनबाट क्षमता बिकासका लागि आयोजित तालिममा सहभागी हुन पाउँदा निकै खुसी लागेको भन्दै सिकाइलाई संस्थागत हितमा प्रयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । 

तालिम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन संघको बिर्तामोड सेवा केन्द, बिर्तामोड झापाका ईन्चार्ज सोमनाथ दहालले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।