सोमबार, वैशाख १७
१०:२२

महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

बिहीबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । महिला बचत तथा ऋण सहकारी संस्था लि. इटहरी, सुनसरीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम फागुन २३ गते सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल, संस्थाकी संस्थापक अध्यक्ष तथा सल्लाहकार अमृता सुब्बा, इटहरीका पूर्व नगरप्रमुख, कोशी प्रदेश सभाका नि. सांसद तथा संस्थाका सल्लाहकार सर्वध्वज सावाँ लगायत अन्य विशिष्ट व्यक्तित्व गरी करिब २ सय जनाको उपस्थिति रहेको कार्यक्रममा ९५ जनाले रक्तदान गर्नुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटी, धरानको प्राबिधिक सहयोग तथा महिला साकोसकी अध्यक्ष मुना प्रसाई तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति, सेयर सदस्य, रक्तदाता तथा कर्मचारीहरुको उत्साहजनक सहभागिता थियो ।

संस्थाले समुदायमा आधारित रही हरेक वर्ष वार्षिक कार्ययोजना अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सदस्य अवलोकन भ्रमण, सहकारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता कार्यक्रमको नियमित आयोजना गर्ने गरेको छ ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।