सोमबार, वैशाख १७
०३:४६

नारी संकल्प साकोसमा ‘बीडीएस डेस्क’ स्थापना

बिहीबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सदस्यहरुलाई आवश्यकता र परियोजनाका आधारमा साना, मझौला तथा ठूला उद्यम स्थापनाका लागि परामर्श, सीप, पुँजी र प्रविधि लगायत उपलब्ध गराउने उद्देश्यका साथ मोरङको उर्लाबारी-७ स्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट औपचारिक रुपमा 'बीडीएस डेस्क' स्थापना गरेको छ ।

यसबाट साकोसका सदस्यहरुलाई उद्यमसँग जोडिने प्रेरणा र हौसलासँगै अन्य पूर्वाधारहरु विकासमा टेवा पुग्ने साकोसले जनाएको छ । बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाई उद्यमी बनाउनुपर्छ भन्ने यसको अभिप्राय हो । उत्पादन, ,आयआर्जन, स्वरोजगार र व्यक्तिगतदेखि स्थानीय आवश्यकता सम्बोधनका लागि उद्यमशीलता प्रवर्धन आजको राष्ट्रिय आवश्यकता हो । यसैलाई बुझेर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कून र USAID Trade and Competitiveness बीचको साझेदारीमा कार्यक्रम अन्तर्गत नारी संकल्प साकोसमा बीडीएस डेस्क स्थापना गरिएको हो । राष्ट्रिय आवश्यकताबोध गर्दै स्थानीय रुपमा हरसम्भव प्रयास गर्न नेफ्स्कूनले साझेदारीमा सञ्चालन गरेको यो अभियानमा जोडिन पाउँदा खुसी लागेको साकोसले जनाएको छ । २०६२ सालमा स्थापित नारी संकल्प साकोसमा हाल ३३ सय बढी सदस्य छन् ।

यसअघि बर्दियाको सिको साकोसले पनि बीडीएस डेस्क स्थापना गरी काम सुरु गरिसकेको छ । पश्चिमपछि पूर्वको नारी संकल्प साकोसले पनि आजबाट औपचारिक रुपमा व्यवसाय प्रवर्धन विभाग स्थापना गरेको हो ।  

आज साकोसमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच यसको उद्घाटन गरिएको हो । कार्यक्रममा नेफ्स्कूनकी निवर्तमान सञ्चालक एवम् साकोसकी अध्यक्ष गोमा नेपाल, साकोसकी निवर्तमान अध्यक्ष एवम् सल्लाहकार सीता कार्की, सचिव सोभितमाया तामाङ, व्यवस्थापक चित्र न्यौपाने, बीडीएस सहजकर्ता सुशिला न्यौपाने सहभागी हुनुभएको थियो भने यूएसएड अन्तर्गत 'एक्सेस टु फाइनान्स' म्यानेजर सञ्जय झा, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल तथा व्यवसाय अधिकृत मुकेश दाहाल लगायत सहभागी हुनुभएको थियो । साकोसले सुशीला न्यौपानेलाई आजैबाट नयाँ विभाग हेर्ने जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।