सोमबार, वैशाख १७
०३:४६

नयाँ उर्जा सञ्चार गराउन 'सीयूडीसीसी' तालिमः मध्य नेपाल साकोस 

मंगलबार, फागुन २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी (ब.सु.पूर्व) स्थित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा चितवनको माडीमा 'साकोस संचालकहरुको क्षमता अभिबृद्धि तालिम-CUDCC' फागुन १८ गते सुरु भई २१ गते सम्पन्न भएको छ ।

उक्त उच्चस्तरीय तालिमले संचालक तथा व्यवस्थापनमा नयाँ उर्जा संचार गराउन, संस्थाका आन्तरिक कार्यविधिहरू संशोधन गर्न, व्यावसायिक योजना बनाउन, रणनीतिक योजना तयार गर्न लगायत जोखिम मापन गर्दै संस्थालाई सरल र सहज ढंगबाट निरन्तरता प्रदान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको मध्य नेपाल साकोसले जनाएको छ । तालिममार्फत समग्रतामा संचालकहरुको क्षमता अभिवृद्धि मुख्य उद्देश्य भएको साकोसको भनाइ छ । 

तालिम कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष तुलमणी पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको थियो । बिशेष अतिथिमा देवचुली नगरपालिका नगर प्रवक्ता एवम् देवचुली नगरपालिका वडा-११ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार तिल प्रसाद काफ्ले रहनु भएको थियो । यस्तै, अतिथि एवम् प्रशिक्षकमा नेफस्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य संजयराज तिमिल्सिना र तालिम अधिकृत रविन्द्र श्रेष्ठ रहनु भएको थियो ।

तालिममा साकोसको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, ऋण उपसमिति, शिक्षा उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक एवम् सह संयोजक साथमा कर्मचारी गरी २९ जनाको सहभागिता रहेको  थियो । समापनमा सहजकर्ता तिमिल्सिनाले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । संस्थाका अध्यक्ष पौडेल, नगर प्रवक्ता एवम् सल्लाहकार तिल प्रसाद काफ्ले  र नेफ्स्कूनका प्राचार्य तिमिल्सिनाले मन्तव्य राख्नुभएको थियो । समापन कार्यक्रम संस्थाका सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।