सोमबार, वैशाख १७
०६:१४

सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण

मंगलबार, फागुन २२
saccosaawaj

रौतहट । सहकारी ऐन, कर तथा कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रम चन्द्रपुरमा सम्पन्न भएको छ । फागुन १८ गतेबाट २ दिन आयोजना गरिएको कार्यक्रम रौतहट बचत तथा ऋण सहकारी संघको आयोजना तथा आर एण्ड डी कर्पोरेट बिजनेस कन्सल्टेन्ट प्रा. लिको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो । जिल्ला भरका करिब ४० वटा सहकारी कार्यालयका लेखा हेर्ने कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष बिभु पोखरेलले गर्नुभएको थियो । उहाँले सहकारीको ऐन, कानून, नियम बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो ।

करदाता कार्यालय चन्द्रपुरका प्रमुख पिताम्वर न्यौपानेले 'एक का लागि सबै, सबैका लागि एक' भन्ने सहकारीको नारा सार्थक हुँदै गएको बताउनुभयो ।  सरकारले सहकारी सबैको होस् भन्ने चाहेको बताउँदै प्रमुख न्यौपानेले कर सम्वन्धी ऐन कानून बारे सवै सदस्यहरुले जानकारी राख्न जरुरी रहेको बताउनुभयो । कार्यक्रम संचालन बचत संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो । सहकारी नीति ,विधि, प्रविधिमा चल्नु पर्ने संघका सचिव वसन्त आचार्यले स्वागत मन्तव्यमा धारणा राख्नुभएको थियो । सहभागीहरुलाई संघका उपाध्यक्ष राम बिश्वास पासवानले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सिए धिरज कोइरालाले गर्नुभएको थियो । संघका कोषाध्यक्ष नरेन्द्र राना मगर, सदस्यहरु कल्पना दाहाल लगायतको उपस्थिति रहेको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।